ओलीको भनाईले देउवा चिडचिड

राजनीति समाचार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात गर्ने नेकपा एमाले र झापाको गिरिबन्धु टी स्टेटको जमिन बेच्न शुरु गर्ने कांग्रेसका बिचमा आरोप प्रत्यारोप बढेको छ । कांग्रेसले २०५४ सालमा १९ विघा २०६४ सालमा ६० विघा जमिन स्टेटबाट बेचेको थियो । एमालेका अध्यक्ष केपी ओलीका अनुसार कानून बनाएर ३५४ विघा जमिन सोधभर्ना गारई चिया बगान सार्न अनुमति दिइएको हो । यो प्रकरणमा व्यापारी दीपक मल्होत्रा सक्रिय थिए । उनले तत्कालीन भूमिमन्त्री पदमाा अर्याललाई डिल्लीबजारको अपार्टमेन्ट र पजेरो सुम्पेका थिए । एमालेको दशौं महाधिवेशनको खर्च मल्होत्राले बेहोरेको मेडिकल व्यवसायी दुर्गा प्रसाईं बताउँछन् ।

प्रसाईं साधारण सदस्य नहुँदा ओलीको कृपामा पार्टीको केन्द्रीय सदस्य बनाइएका पात्र हुन् । अहिले एमालेविरुद्ध प्रसाइँ खुलेर लागेका छन् । गिरिबन्धु टी स्टेट राष्ट्रिय राजनीतिमा चर्चित छ । संसदमा समेत यो विषय प्रवेश भएको छ । एमाले र कांग्रेसले एक अर्कालाई दोषी देखाएका छन् । कांग्रेसले आफ्ना सांसदले भृकुटीमण्डप, लैनचौरको जमिन कब्जा गरेर भाडा नदिँदा केही बोल्दैनन् । कांग्रेसले सरकारी जमिन कब्जा गरेपनि विनोद चौधरीले बाँसबारीको छाला जुत्ताको १९ रोपनी, भुपु सैनिक संघको ३४ रोपनी कब्जा गरेको देख्दैन । एमाले अध्यक्ष ओलीले गिरिबन्धुको विषय उठाउँदा सभापति देउवालाई पसिना आएको छ । २०५४ र २०६४ मा कांग्रेसले गिरिबन्धुको जग्गा व्यक्तिलाई बेचेको हो । सर्वाेच्चको फैसलाले जग्गा किनेर बसेकाहरु आतंकित भएका छन् ।

एमाले अध्यक्ष ओली वर्तमान गठबन्धनका शक्तिशाली नेता हुन् । ओलीले आफ्नो गल्तीलाई स्वीकारेका छैनन् । तर कांग्रेसको शेखी झार्न भने छाडेका छैनन् । अदालतले हदबन्दी भन्दा बढी जग्गा सरकारको नाममा एक्ल्याउन आदेश दिएको छ । अदालतको आदेश मान्दै जाने काम पनि गर्ने अवस्था भने आज छैन । किनकि सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण गरेको छैन । ठमेलको छाया सेन्टर पशुपति क्षेत्रका पोखरी फुटेर घर बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *