यस्तो छ, कांग्रेस सांसद चौधरीको कालाकर्तुत

राजनीति समाचार

काठमाडौं । व्यापारिक घरानामा सबैभन्दा धनी भनेर चिनिएका विनोद चौधरीलाई पछिल्लो समय विभिन्न आरोप लाग्ने गरेको छ । बाँसवारी छाला तथा जुत्ता कारखानाको जग्गा हडप्नेदेखि नर्भिक अस्पताल पनि सरकारी जग्गा हडपेर निर्माण गरेको आरोप चौधरीमाथि लागेको हो । त्यस्तै अन्य विभिन्न स्थानका सरकारी जग्गा हडेपेर उद्योगधन्दा सञ्चालन गरेको र सरकारलाई ठूलो मात्रामा कर छली गरेको आरोप चौधरीमाथि लाग्दै आएको छ । उता, ज्योति समूहले सञ्चालन गर्दै आएको ‘हिरो’ मोटरसाइकिलको व्यापार चौधरी ग्रुपले हडपेको आरोप अहिले सञ्चारमाध्यममा छताछुल्ला छ । ज्योति समूहका दाजुभाइबीच अंशबन्डा नमिल्दा त्यसको मौका छोपेर चौधरी समूहले ‘हिरो’मा कब्जा जमाएको बताइन्छ ।

नेपालको चाउचाउ उद्योगमा एकछत्र कब्जा जमाउँदै आएको चौधरी समूह (सिजी)ले वाईवाई र करेन्टजस्ता चाउचाउ उत्पादन गरेर सर्वसाधारण उपभोक्तलाई ठगी गर्दै आएको छ । उपभोक्ताहरु चौधरी ग्रुपले उत्पादन गरेका चाउचाउदेखि अन्य जंग फुडहरु खाँदा पायल्स, फिस्टुला, ग्यास्ट्रिकलगायतका रोगको सिकार बनिरहेका छन् । चौधरी समूहले पछिल्लो समय कोरियन पिरो चाउचाउको नक्कल गरेर २० रुपैयाँ मूल्य रहेको वाइवाईको तौलमा ‘करेन्ट’ नाम गरेको गरेको पिरो चाउचाउ उत्पादन गरेर ५० रुपैयाँ मूल्यमा बेची उपभोक्ततालाई ठग्ने काम गर्दै आएको छ ।

कमसल उत्पादनमा बढी मूल्य राखेर उपभोक्ता ठगेको पैसाले सर्वसाधारणलाई किनेर आफू सांसद बन्ने र दल फर्ने काम गर्दै आएका छन् । चौधरी सांसद बनेपछि आफ्नो व्यापार व्यवसायलाई फाइदा हुने कानुन बनाउने र स्वदेशी तथा विदेशीलाई ठग्ने काम गर्दै आएका छन् । त्योसँगै तत्कालीन सुरक्षा निकायका उच्च तहका कर्मचारी र पूर्व प्रशासकहरुलाई जागिर दिने, सुराकी राख्ने र आफ्नो कालाकर्तुत लुकाउने काम विनोद चौधरीले गर्दै आएका छन् । राजनीतिक दलका नेता, सांसद र मन्त्रीहरुले विनोद चौधरीको बारेमा खुलेर विरोध गर्न सक्दैनन् । किन कि विनोद चौधरी एउटा मात्रै पार्टीका नेता तथा सांसद होइनन् । चौधरी जुन पार्टी ठूलो र शक्तिशाली हुन्छ त्यो पार्टीमा प्रवेश गरिहाल्छन् । विनोद चौधरी पहिला नेकपा एमालेबाट समानुपातिक सांसद बनेका थिए । तत्कालीन अर्थमन्त्री स्व. भरतमोहन अधिकारीले त चौधरीको घरमै बसेर बजेट बनाएको आरोप थियो ।

अहिले विनोद चौधरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद छन् । चौधरी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भएका थिए । उनै विनोदद्वारा सञ्चालित चौधरी समूहले आफ्नो उत्पादनमा कर छली गरेको छ भने ‘हुन्डी’को कारोबार गरेर रेमिट्यान्स समेत ठगी गर्दै आएका छन् । सिजीका अध्यक्ष विनोद चौधरीले सरकारी सम्पत्ति हडपेको मुद्दा पनि न्यायाधीशहरुलाई प्रभावमा पारेर आफ्नो पक्षमा फैसला गराउने काम गर्दै आएका छन् । व्यापारिक घरानाका चौधरी समूहले पटक–पटक सरकारी जग्गा हडप्नेदेखि अर्बौं राजश्व छली गर्दा पनि सम्बन्धित निकायले कानुनी दायरामा ल्याएर कारबाही गर्न सकेको छैन । उल्टै पैसा र पावरको आडमा चौधरी समूहलाई प्रोत्साहन दिने काम हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *