बिचौलियाको पक्ष लिँदा आईजीपीलाई घात !

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीको आइृजीपी बन्दा एआईजी भएको तीन दिन बिताए । १२औं नम्बरको एसएसपीबाट डिआईजीमा प्रथम भएपछि आईजीपी बन्ने ढोका खुलाए । तर अवधि ३ महिना बिताए । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरको कमजोर प्रशासनले सहकारी ठग गृहमन्त्रीको अपराध छानबिन गर्न जो तम्सन्छ, त्यसका १२ बजाएपछि प्रहरी प्रहरीजस्तो भएन । को बन्छ करोडपतिका नामा दर्ता हुँदा उठाइएको ९० हजार युवाको पैसा होस् वा हिमालयन बैंकबाट विज्ञापनको लागि भएको सम्झौताको १ करोड ६० लाख किन नहोस् ।

सहकारी ठगीको छानबिन गर्ने काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीको सरुवा र त्यहाँ ल्याएका बसन्त रजौरेको एमाले नेता महेश बस्नेत र पोखराका राजीव पहाडीसँग जोडिएका ठगी किन नहोस् । प्रहरी नालायक आईजीपी बसन्त कुँवर लम्पसार हुँदा प्रहरीको अनुसन्धान कमजोर बन्दैछ । आईजीपी कुँवरले कांग्रेसी नेताको आदेशमा अपराध अनुसन्धानबाट २ जना ठग छुटाए । तिनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलिया बनेर १ करोड उठाएका थिए ।
कांग्रेसकी डा.आरजुको आदेशमा ती ठग छुटाइए । तत्कालीन गृहमन्त्री रामबहादुर थापाकै पालामा पनि यो धन्दाले चर्चा पायो । डिजाइनमा तत्कालीन प्रम केपी ओली नै थिए । कांग्रेसलाई पाकेको खेती भित्र्याउन बाटो खुल्दा आईजीपी कुँवर एसएसपी नै थिए ।

डिआईजी भएपछि मधेश प्रदेशमा कुँवर गए । त्यही हुँदा आईजीपी धिरजलाई एआईजी बनाउन वरिष्ठता मिच्न देउवा पत्नीको दबाब प¥यो । एआइृजी विश्व पोखरेललाई एमाले ईश्वर पोखरेलसँग जोडेर बसन्त कुँवरलाई बनाएका भ्रष्टहरुले अहिले रविको प्रवक्ता बनेर सहकारी ठगीबाट जोगाउन रविविरुद्धको छानबिन गरिरहेका अधिकृतहरुमाथि कोर्रा लगाउँदा गगन थापाहरु दर्शक भए । जबकी यो काण्डमा गगन चर्काे रुपमा उफ्रेका थिए ।

आईजीपी कुँवरका दाजु बाबुराम कुँवर कांंग्रेसको भागमा कहिले महान्यायाधिवक्ता कहिले गण्डकी प्रदेशको प्रमुख भएका व्यक्ति हुन् । अहिले उनी राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहकार छन् । उनैले घुस लिँदै प्रहरी सरुवाको सूची पठाउँछन् । आईजीपीले सदर गर्ने त्यही थियो । तर अहिले राष्ट्रिय बिचौलिया गृहमन्त्री लामिछाने बनेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *