सिरोहिया व्यापारी कि पत्रकार ?

राजनीति समाचार

काठमाडौं । आखिर कान्तिपुर समूह र सेवाको क्षेत्रले व्यापारी कैलाश सिरोहियाको पत्रकारिताको हैसियत हेरेन । सिरोहिया मिडिया मालिक हुन् कि पत्रकार ? उनले न्यायिक क्षेत्रदेखि संवैधानिक क्षेत्रसम्म कान्तिपुर देखाएर मच्चाएको चमत्कार नेपाली प्रेस स्वतन्त्रताको गहना भयो । स्वतन्त्र पत्रकारिता कसले गर्छ ? श्रमजीवीको तलब नदिने कैलाश सिरोहिया, भाष्करराज राजकर्णिकार, शुभशंकर कँडेल जस्ताका कार्यालयमा जन्मदेव जैसीहरूले कालो ब्यानर बोकेर श्रमजीवीको श्रमको कदर गर भनेको धेरै भएको छैन । उनी पक्राउ पर्नुको कारण दुईवटा नागरिकता भएपनि नागरिकता जस्तो संवेदनशील विषयमा सर्वोच्च अदालत समेत मौन छ ।

प्रधानन्यायाधीश विश्वम्भरलाल श्रेष्ठले सिरोहिया पक्राउलाई प्रेस स्वतन्त्रतासँग जोडेर राष्ट्रिय मानव अधिकार आयोगसमेत अन्धो भयो । सरकारको गल्ती भनेको कान्तिपुर कार्यालयमा प्रहरीको हुलहुज्जत सहितको उपस्थिति हो । कुनै पनि नेपाली आफू निर्दोष छ भने अदालती पुर्जी जहाँ जसले ल्याए पनि ग्रहण गर्छ । सरकारवादी मुद्दामा सरकारकै कारिन्दा पुर्जी लिएर आउँछ । तर कैलाशको हकमा गृहमन्त्री रवि लामिछानेले उपत्यका अपराधको टोली नै पठाउनु गल्ती थियो । जहाँ एसएसपी सानुराम भट्टराई आफै उपस्थित थिए । यो विषय राष्ट्रिय संवेदनशील थियो । बाबुआमा, भाइ, दिदीबहिनी सबै अंगीकृत नागरिकतावाला तर कान्पिुरका कैलाश वंशज वाला । हो यही हो अपराध । राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघ, नागरिक समाज कथित सम्पादकहरुको झुण्ड यहाँ चुप छ ।

किनकि प्रेस स्वतन्त्रताको नाममा इन्सुरेन्स लाइसेन्स अथृमन्त्रीसँग माग्न जाने कैलाश सिरोहिया पेशाले व्यापारी हुन् । उनको व्यापार पढाउन लागेका नेता सम्धी, संवैधानिक अंग, पत्रकार, बुद्धिजीवी र मिडिया अलाइन्सले चलाएको रोइलोबाट नेपालको कानूनी राज्य कसरी चल्दो रहेछ छर्लंग भएको छ । किनकि लाइसेन्स नपाउँदा जनार्दन शर्मा डामिएको पनि स्वतन्त्र पत्रकारिता हो । व्यवस्था परिवर्तनको आन्दोलनमा स्वरोजगारमुलक पत्रपत्रिका कसरी लागे, कति जेल परे कसैले चसो लिँदैन । दरबार काण्डका बेला नयाँ कोतपर्वले राजतन्त्रको अन्त भन्ने डा.बाबुरामको लेख छापेबापत आफु जेल परेको बताएका कैलाशका सम्पादक युवराज घिमिरे माथवर सिंह बस्नेतहरुमध्ये घिमिरे कांग्रेसका सिरोहियाकै मलामी गए पनि बस्नेत बोलेका छैनन् । दरबारको चाकडी गर्न स्व.गिरिजा कोइराला शासनले उनीहरुलाई दबाउन सकेन ।

सर्वोच्च अदालतले नै तिनको रक्षा गरेको हो। पेशागत धर्म र व्यवसायिकताको रक्षाका लागि लड्नुपर्ने पत्रकार महासंघ व्यापारी पक्राउ पर्दा कोलाहाल गर्छ, समाचार लेख्दा टोलेगुण्डा र डनको आक्रमणमा परेका पत्रकारको रक्षा गर्न गम्भीर हुँदैन । महासंघमा साहुजीहरूका प्रतिनिधि पात्र पठाएको फल दलका भगिनी संगठनहरुले पाएका छन् । किनकि प्रेस स्वतन्त्रतासँग दुईथरी नागरिकताको साइनो छैन ।

एउटा व्यापारी उद्योग चलाउँछ, नाफाबाट राज्यलाई कर बुझाउँछ । काम गर्ने श्रमिकलाई श्रम ऐन अनुसार तोकिएको परिश्रम दिन्छ तर सिरोहिया समाचारलाई सौदाबाजी गर्छन् । श्रमजीवीको पारिश्रमिक दिँदैनन् । तिनकै पक्षमा अदालतका न्यायाधीश, पूर्वराष्ट्रसेवक, प्रेस जगत बिचौलियाको रुपमा खडा हुँदा नेपालमा प्रेस स्वतन्त्रता ठूलो कि रवि लामिछानेको सहकारी ठगेको धारावाहक समाचार लेख्ने ठूलो भन्ने प्रश्नले उत्तर पाएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *