स्वतन्त्र र दलनिकट कर्मचारीका नेताको भिडन्त

राजनीति समाचार

काठमाडौं । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेसवादी, एकीकृत समाजवादी पार्टीलगायतका राजीतिक दलनिकट कर्मचारी संगठन छन् । ती कर्मचारी संगठनका नेताहरुले राजनीतिक दलहरलाई सहयोग गर्नेदेखि लिएर निवार्चनताका आफ्नो दललाई जिताउनलाई जागिरसमेत छाडेर लागिपर्ने गरेका छन् । यदि उनीहरुको दलनिकट नेताहरुले निर्वाचन जितेको खण्डमा पार्टीलाई फाइदा पुग्ने, कर्मचारीहरुको स्तरोन्नती बढ्ने, कमाउअड्डामा बस्न पाइने भएपछि राजनीतिक दलनिकट कर्मचारी संगठनका नेताहरुले अर्काे संगठनका कर्मचारी तानातान गर्नेहरुको भिड लाग्ने गरेको छ ।

त्योसँगै कतिपय कर्मचारीहरुले आफ्नो संगठनलाई मजबुद बनाउनको लागि विभिन्न दलनिकट संगठनका कर्मचारीहरुलाई आफ्नो फेभरमा पार्नको लागि विभिन्न आश्वासन देखाएर आफ्नो दलनिकटको सदस्यता दिने गरेका छन् । त्यहि सदस्यताको आधारमा दलनिकट कर्मचारीको निर्वाचन लडेर नेता बन्ने गर्छन् । नेता बनेपछि तीनै कर्मचारीहरुलाई भजाएर आफ्नो दुनो सोझ्याउने काम गर्ने गर्दछन् । दलनिकट कर्मचारीको यो प्रवृत्ति छ भने उता स्वतन्त्र निजामति कर्मचारी संगठन रहेको छ । स्वतन्त्र कर्मचारीका अध्यक्ष रहेका छन् पशुपति पोखरेल ।

तर पशुपति पोखरेललाई राजनीतिक दलनिकट कर्मचारी संगठनका नेताहरुले पोखरेललाई पट्याउँदैनन् । उल्टै पोखरेलको विरोध गरेर स्ततन्त्र कर्मचारीहरुलाई दलनिकट कर्मचारीहरुको फेभरमा तान्ने काम गर्छन् । तर स्वतन्त्र कर्मचारी संघका अध्यक्ष पशुपति पोखरेल सधैँभरी आन्दोलन छेडिरहेका छन् । कहिले सिहदरबारमा गेटमा गएर धर्ना दिन्छन् । कहिले माइतीघर मण्डलामा गएर धर्ना दिन्छन् त कहिले प्रहरी गिरफ्तारमा पर्छन् । पशुपति पोखरेलले स्वतन्त्र निजामति कर्मचारी संगठन बनाएर कर्मचारीको हितमा लडिरहेका छन् । पोखरेलको योजनाअनुसार निम्न तहका कर्मचारी, ज्यालादारी कर्मचारी अस्थायी कर्मचारी र कराराका कर्मचारीहरुलाई बढि प्राथमिकता दिने गरेका छन् ।

त्यसकारणले पनि पोखरेल प्रहरीको गिरफ्तामा पर्ने गर्छन् । गिरफ्तारमा मात्र पदैनन् पोखरेलले निजामति क्षेत्रका सबै तहतप्काका कर्मचारीहरुको हकहितको लागि लडिरहन्छन् । पोखरेलले स्वतन्त्रको भूमिकाबाट कर्मचारीको सेवासुविधादेखि कर्मचारीको हितको लागि लडिरहेका छन् । तर, पोखरेललाई नत राजनीतिक दलका नेताहरुले मन पराउँछन् नत कर्मचारी संगठनका नेताहरले नै मन पराउँछन् । यहि आइतबारदेखि नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउनलाई उनले आन्दोलन गरिरहेका छन् । नेपालमा आउने पर्यटनहरुलाई पर्वरोहण संघमा जानसक्ने राष्ट्रसेवक कर्मचारी, नेता पर्यटन व्यवसायी जनता र विदेशी संवेदनशील हुनुपर्ने माग गर्दै दिनको २ घण्टा उभिएर आन्दोलन गरिरहेका छन् । उनी एक्लै आन्दोलनमा होमिएका छन् ।

उनको माग नेपालमा आउने पर्यटकहरुलाई पर्ने समस्या सुल्झाउनको लागि आन्दोलन छेडेका हुन् । पर्यटनक्षेत्रलाई मापदण्ड बनाएर कार्यसूची अनुसार सम्पर्क अधिकृत खटाउनुपर्ने, अधिकृत खटाउदाखेरी पर्यटन विभागले आफ्नो मनोमानी ढंगले नातावाद क्रिापावाद गर्ने, आफ्नो नातागोतालाई पटकपटक अवसर दिने, स्वर्सफोर्स र दलनिकटका कर्मचारीहरुलाई प्रोत्साहन गर्ने, पर्वतरोहणको बेइज्जत भइएरहेको हुँदा उक्त कार्यलाई चाडोभन्दा चाडो सच्याएर जानुपर्ने उनको माग छ । त्योसँगै पोखरेलको माग यस प्रकार रहेका छ । पर्यटन ऐन र पर्वतारोहण सम्बन्धी नियमावली २०५९ पूर्ण पालना गर्नुपर्ने । ऐन दफा २० र नियमावलीको ८ र ९ लाई सम्पर्क अधिकृतले ध्यान दिनुपर्ने । सम्र्पक अधिकृत खटाउदा निजामतीको दरबन्दी, पर्वतारोहण दल आउँदादेखि जादाँसम्म संघिय ममिला तथा सामान्य प्रशासन मन्त्रालयको अत्तिरित्तमा राखि पुरै समय खटाउने व्यवस्था गर्नुपर्ने, भुगोल र संख्याको आधारमा छनोट गर्नुपर्ने, पर्वतारोही दललाई सधैँ संगै राखेर मापदण्डबमोजिमको बसोबास गर्ने तथा व्यवस्थान सहजता अपनाउनुपर्ने ।

झाराटार्नेगरी एउटा फोटो ल्याउने, ७ दिनको काज लेखेर अरुबेला दरबन्दी भएको ठाउँमा हाजीर गर्ने र फुर्ति लगाउने काम बन्द गर्नुपर्ने । पर्यटन मन्त्रालय र विभागले अहिलेसम्म गरेका अनियमितता तत्काल बन्द गर्नुपर्ने । आफ्ना र आफन्तका कर्मचारीहरुलाई सगरमाथा आरोही लगायत सम्पर्क अधिकृत खटाउने काम बन्द गर्नुपर्ने । ट्र्ेकिङ गाइड र भारी बोक्ने मजदुरहरुलाई सम्मान व्यवहार गर्नुपर्ने, जथाभावी मापदण्ड विपरित काम लगाउन नहुने । सम्पर्क अधिकृत खटाउदा पर्वतारोहण दलले दिने सुविधा बढाउने, उक्त सुविधाबाट आउने पैसा विचौलिया र कर्मचारीलाई दिनुपर्ने घुस दिन बन्द गर्नुपर्ने हुन्छ । पर्यटन विभागभित्र हुने गरेको भ्रष्टाचार र अनियमिततालाई छानबीन गरी तत्काल कारबाही गर्नुपर्ने, मन्त्रालय विभाग आयोग तथा कार्यालयहरुबाट सम्पर्क अधिकृतको रुपमा पठाउनको लागि सिफारिस भएका कर्मचारीहरुको नामावली पद र सिफारिस गर्ने निकाय खुला गरी विवरण सार्वजनिक गर्नुपर्ने ।

विभागले हिमालयन क्षेत्रमा दिने अनुदान पहुँच र पावरको आधारमा दिन नहुने र दिदाखेरी सार्वजनिक गर्नुपर्ने । होटलमा बस्ने पर्वतारोहीहरुलाई जथाभावी भाडा र खानपानमा बढि मुल्य नलिइकन मापदण्ड बनाएर लागु गर्नुपर्ने, लगायतका माग राखी पशुपति पोखरेलले ७ दिने आन्दोलन गर्न थालेका छन् । पोखरेलले धर्ना साढे २ घण्टाको दरले उभिएर पर्यटन बोर्डको गेटमा गर्न थालेका छन् । त्यो धर्नाले कत्तिको सफलता पाउँछ त्यो निश्चित छैन । तर दलका नेताहरुले भन्दा स्वतन्त्र संगठनका अध्यक्ष पशुपति पोखरेलले कर्मचारी वर्गको हितम काम गरेको पिडित कर्मचारीहरुले बताउने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *