कम्पनी रजिष्ट्रारमा बैदेशिक र लिमिटेड शाखामा बस्ने कर्मचारी मालमाल

राजनीति समाचार

काठमाडौं । नेपाल सरकारले दिएको तलब र भत्ताले कर्मचारीहरुको गुजारा नचल्ने भएपछि पैसा कमाउनको लागि मालदार अड्डामा जाने नै भए । त्यो पनि सोसफोर्ससहित पैसा चढाएर । त्यसरी गइसकेपछि कर्मचारीहरुले भ्रष्टाचार नगर्ने कुरै भएन । भ्रष्टाचार गर्नको लागि मालपोत, नापी, यातयात, उद्योग, कम्पनी रजिष्ट्रार , राजस्व, भन्सार र राजस्व अनुसन्धान विभागमा जानको लागि कर्मचारी मरिहत्ते गर्छन् । त्यस्ता मालदार ठाउँमा जादाँ प्रशासन शाखा, लेखा शाखा र राजस्व शाखामा कार्यरत कर्मचारीहरुको राय मिल्दैन । त्यहि राय नमिलेको कारण भ्रष्टाचारका पोल खोलाखोल हुने गर्दछन् ।

त्यसको उदाहरण बनेको छ, अहिले कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा । कम्पनी रजिष्ट्रार कार्यालयमा कार्यरत कर्मचारीबीचको लडाइले भद्रगोल बनेको छ । बैदेशिक शाखा र लिमिटेड शाखामा बस्ने कर्मचारी र रजिष्ट्रारमा बस्ने कर्मचारीबीचको झगडाले कर्मचारीबीच द्वन्द्व चलेको छ । बैदेशिक शाखा र लिमिटेड शाखामा बस्ने कर्मचारीहरुले घुस लिन भ्याइनभ्याइ छ । तर कम्पनी रजिष्टामार बस्ने कर्मचारीहरुको आम्दानी न्युन छ ।

बैदेशिक र लिमिटेड शाखामा बस्ने कर्मचारीहरुले कम्पनी रजिष्ट्रारमा बस्ने कर्मचारीहरुलाई देखिसहदैनन् । किनकी बैदेशिक र लिमिटेड शाखामा बस्ने कर्मचारीहरुले दिनको २० औं लाख रुपैयाँ असुली गर्छन् भने कम्पनी रजिष्टामा बस्ने कर्मचारीहरुले न्युन मात्रामा घुस खान्छन् । त्यो घुस पनि लेखनदासहरुले मिलाउने गर्छन् । तर, बैदेशिक शाखा र लिमिटेड शाखामा बस्ने कर्मचारीहरुले खुलमखुला बैदेशिक लगानीमा खुलेका कम्पनीका साहँु र लिमिटेडका साहुँहरुसँग मनलाग्दी पैसा असुल्ने गरेका छन् । ती बैदेशिक र लिमिटेडका मालिकहरुले पनि जति माग्यो त्यति नै घुस दिन्छन् । बैदेशिक शाखामा हरि प्रसाद चपाई र उपसचिव लोकराज जोशाी रहेका छन् ।

त्यस्तै लिमिटेड शाखामा अनुप खड्का, नबिन कुमार भट्राई, सुमन भट्राई र उपरजिष्ट्रार कानूनी अधिकृत टोप बहादुर विष्ट कार्यरत छन् । यिनै शाखामा बस्ने कर्मचारीहरुको हालीमुहाली चल्ने गरेको छ । अन्य कर्मचारीहरु शीतल तापेर बसिरहेका छन् । बैदेशिक र लिमिटेड शाखामा बस्ने कर्मचारीहरुले अन्य शाखाका कर्मचारीहरुलाई छिर्नसमेत दिएका छैनन् । उता, कम्पनी रजिष्ट्रारका दिपक पहाडी मुकदर्शक भएर बसेका छन् । पहाडीले कम्पनीलाई चलायमान र व्यवस्थापन गर्नुपर्नेमा त्यो नगरी पुरानै ढर्रामा रमाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *