एकीकृत समाजवादीका संगठित सदस्य डेढ लाखमाथि, एमालेमा पहिरो

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलका नेताहरु एकआपसमा मिल्न नसक्दा पार्टी फुट्ने र गुट बन्ने चलन पुरानै छ । त्यो पुरानो चलन अहिलेसम्म कायम नै छ । कांग्रेसभित्र गुटबन्दी त्यतिकै झाँगिएर गएको छ । माओवादी भित्र पनि गुटै गुटले भरिभराउ छ । एमालेभित्र गुटकै कारण पार्टी फुट्न पुग्यो । एमालेबाट फुटेर माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी गठन गरे । एकीकृत समाजवादी पार्टी गठन गरेपछि एमालेका कार्यकर्ता तितरबितर भएकै थिए । त्यहि तितरबितरकै कारण एमालेका संगठित सदस्यहरु ८ लाखबाट घटेर करिब साढे ४ लाखको हाराहारीमा झरेका छन् ।

त्यसमा पनि कतिपय कार्यकर्ताले पार्टी सदस्यता नबिकरण गरेको पाइदैन । एमालेभित्र सदस्यता घटेको भन्दै हल्लीखल्ली नै चलेको छ । उता एकीकृत समाजवादी पार्टीभित्र पार्टी सदस्यता छैनन् भनिरहँदा एकीकृत समाजवादीभित्र संगठित सदस्य डेढ लाख भन्दा माथि रहेको अवस्था छ । त्यो हुनु भनेको एउटा जिल्लामाा १५०० देखि २००० सम्मा संगठित सदस्य रहेको पाइन्छ । एकीकृत समाजवादीले जिल्ला, प्रदेश गाउँ कमिटि गठन गरेको पाइदैन । किनकी एकीकृत समाजवादीले अधिवेशन गरेको छैन । एकीकृत समाजवादी पार्टीले छिट्टै पार्टी अधिवेशन गर्ने तयारी गरिरहेको छ । पार्टी अधिवेशन गरेपछि चुनिएका नेताहरुले जिल्ला, प्रदेश र गाउँ कमिटी बनाउने देखिन्छ ।

त्योसँगै जिल्ला सम्पर्क मञ्च, क्षेत्रीय सम्पर्क मञ्च, इलाका सम्पर्क मञ्चहरु गठन गरेको खण्डमा एकीकृत समाजवादी पार्टीले सबै जिल्ला तहतप्कामा विभिन्न भातृ संघ–संगठनदेखि किसान संगठन, मजदुर संगठन, शिक्षक संगठन, विद्यार्थी संगठन, यातयात मजदुर संगठन, बृद्धिजीवी संगठन गरेको खण्डमा झण्डै एमालेको हाराहारीमा एकीकृत समाजवादी पुग्ने देखिन्छ । यसरसी एकीकृत समाजवादीमा करिब ३ लाखको हाराहारिमा संगठित सदस्य पुग्ने अनुमान गरिएको छ । तर एकीकृत समाजवादीले त्यतातिर ध्यान दिएको पाइँदैन । एकीकृत समाजवादीका १० जना केन्द्रीय सांसदले ध्यान दिनुपर्नेमा त्यो दिन सकेका छैनन् । खाली सरकारको पछि लागेर दिन काटिरहेका छन् । मिटिङ, गोष्ठी, भेला, गर्दैमा एकीकृत समाजवादीले दिन बिताइरहेको छ । एमाले संगठनबाट आएका कार्यकतालाई खोजीखोजी संगठनको जिम्मा दिएर काम लगाउनु पर्नेमा त्यो पनि गर्न सकेको छैन ।

पुराना र संगठनलाई चलायमान बनाउनसक्ने कार्यकर्ता खोजेर गुटबन्दी र नातावाद नगरिकन तत तत् जिल्लाको जिम्मेवारी दिएर पार्टी कामको लागि खटाउनु पर्ने हुन्छ । तर एकीकृत समाजवादीकले गर्न सकेको छैन । पार्टीले त्यो गर्न नसकेपछि एकीकृत समाजवादीमा आबद्ध कार्यकर्ता र सर्वसाधारणहरु चिन्तित हुन थालेका छन् । त्यसैगरी एमालेले एकीकृत समाजवादीका केन्द्रिय सांसद र प्रदेश सांसदहरुलाई एमालेमा भित्रयाउनको लागि भित्रि खेल खेलिरहेको छ । त्यसप्रति पार्टी नेतृत्वले ध्यान दिएको छैन । एमालेबाट पहिला बिच्किएका भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, अमृत कुमार बोहोरा, रघुजी पन्त, गोकर्ण विष्ट जस्ता नेताहरुलाई एकीकृत समाजवादीले पहिलै आफ्नो कब्जामा पार्नुपर्ने थियो ।

त्यो पार्न सकेन । अहिले भीम रावल र वामदेव गौतम यता न उता भएका छन् । यी दुबै नेतालाई एकीकृत समाजवादी पार्टीले ल्याउनको लागि पहल गर्नुपर्ने हो त्यो पनि गर्न सकेको छैन । एकीकृत समाजवादीबाट सरकारमा गएका मन्त्रीहरुले पनि राम्रो काम गरेर देखाउन सकेका छैनन् । उल्टै सरकारमा बसेका मन्त्री बदनाम बन्न पुगे । त्यस कारणले पनि एकीकृत समाजवादी पार्टीका नेताहरुले समयमा बुद्धि पु-याएर पार्टी संगठनको लागि खट्नुपर्ने देखिन्छ । त्यो त परै जाओस् । एकीकृत समाजवादी पार्टीभित्र अहिले स–सानो कुरा लिएर नेताबीचमै मतभेद हुन थालेको छ । त्यसको निराकरण कसरी गर्ने हो त्यो यकिन छैन । उल्टै पार्टीलाई भजाएर खाने लठ्इतहरुको भीड बढ्न थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *