कांग्रेससँग रमाउँदै चित्रबहादुर केसी

राजनीति समाचार

काठमाडौं । कांग्रेसको पुच्छर भएर संसदमा मसालका नेता चित्रबहादुर केसी सलल बगेका छन् । चुनाव जित्न माओवादी जरुरी पर्ने कांग्रेसलाई साथ दिने काम मसालले गरेको छ । वातावरण मसालका आजीवन महासचिव मोहनविक्रमकी कान्छी श्रीमती दुर्गा पौडेललाई राष्ट्रिय सभामा जाने बाटो बनेन । स्वार्थका लागि कुनै सिद्धान्त र नीति जरुरी भएन चुनावमा पराजित भएकी कान्छीलाई यही सदनमा भित्र्याउने दाउ मोहनविक्रम जस्ता नेता लागिपरे तर सिद्धान्तनिष्ठ नेतालाई लागेन दुर्गा प्युठानबाट चुनावमा हारेकी थिइन् ।

अबको राजनीतिमा मसाल र वृद्ध नेता चित्रबहादुर केसीलाई कुनै वामपन्थीले मात्र होइन कांग्रेसले समेत बोक्ने छैन । कम्युनिस्ट आन्दोलनमा विभाजनकारी गुटवादी र एकल नेताका रुपमा मोहनविक्रमलाई लिइन्छ । भारतीय गुप्तचर रअद्वारा प्रशिक्षित नेताका रुपमा विपक्षले लिने गर्छन् । एकपटक कुनै पेशागत संस्थामा चुनाव जितेका मसालका कार्यकर्ता पार्टीमा टिक्दैनन् ।

एमालेका अध्यक्ष केपी ओली र मसालका महासचिव मोहनविक्रम सिंहको व्यवहार एउटै छ । ओली पनि आफ्नो आलोचना सहन सक्दैनन्, मोहनविक्रम सिंह त गल्ती धेरै गर्ने गल्ती समाउँदा त्यो व्यक्तिमाथि प्रहार गर्ने गर्छन् । पार्टीको नाममा मामा गोविन्द सिंह थापाको बुटवलको घर खरिद गर्दा ३५ लाख झ्याम पारेका शुद्ध निस्वार्थी नेता हुन् मोहनविक्रम । पार्टी सदनमा कांग्रेससँग रमाइलो गर्दा बुढा नेता चित्रबहादुर निन्याउरो भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *