यस्तो थियो गगन थापाको धन्दा

राजनीति समाचार

काठमाडौं । स्वास्थ्य बीमा मेरै पालामा सुरु गरेको हो । जनताले बीमा कार्ड बोकेर गएपछि अस्पतालले उपचार गर्छ, यो भनाइ कांग्रेसका महामन्त्री गगन थापाको हो । कुरा चर्को गर्ने तर भित्रभित्रै सरकारी राजस्व टाट पार्ने यी सिपालु थिए । स्वास्थ्यमन्त्री भएका बखत दिनभर बेपत्ता जब ५ बज्छ मन्त्रालय पुगेर गगनले गरेका निर्णय कान्तिपुरले छाप्थ्यो । कान्तिपुर गगनको गजेट नै थियो र अहिले पनि छ । तर बजार भने खस्कँदै छ । गृहमन्त्री रवि लामिछानेले गगनको भण्डाफोर गरेका छन् ।

कृष्ण सिटौला मार्फत बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न पुगेका राजकुमार रौनियारसँग १४ करोडको लेनदेन भएको कुरा चर्चामा थियो । तर त्रिचन्द्र कलेजको सोभियु सभापति भएका बखत क्याम्पसमा पार्क बनाउन ३० लाख त्रिवी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट बनाउन ५ लाख पेस्की लिएर फस्र्याैट नगरेको कुरा त महालेखाको प्रतिवेदनले औल्याउँदा गगनको पछि लाग्नेहरूलाई आश्चर्य बनाउन सक्छ ।

कृषि व्यापार आयोजनाको प्याक्ट प्रोजेक्टबाट बाख्रा फार्म मासुपसल चलाउन फर्म र पसलको स्थान तोकेर लिएको १५ करोड अनुदानले गगनलाई निष्ठा र सत्यको धरोहर बन्न दिँदैन । किनकि उनले पनि स्वास्थ्य मन्त्रीभन्दा विशाल पण्डित नामको माफियाको कम्पनी हस्पिटेक प्राली मार्फत करोडौंका सामान सप्लाई गर्न दिएको अनुमतिमा सिटी स्क्यान र एक्सरे मेसिन नै थिए । स्वास्थ्य बीमा भएका बिरामीलाई सो कार्ययोजनाले छोएकै छैन । सरकारमा गएर राज्य दोहन गर्ने भिडमा गगन पनि थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *