राजा ज्ञानेन्द्रको दूतको घुर्की मात्रै

राजनीति समाचार

काठमाडौं । संघीय लोकतान्त्रिक व्यवस्थाका सङ्घीय संसदमा पाँचौ शक्तिको १४ छिटै राप्रपाको स्वर ठूलो छ । संवैधानिक राजतन्त्र, सर्वधर्म, पूर्ण धार्मिक स्वतन्त्रता, वैदिक सनातन, धर्म सापेक्ष हिन्दु अधिराज्य जस्ता असम्भव र संविधान नै परिवर्तन गर्नुपर्ने माग माओवादी अध्यक्ष र प्रधानमन्त्री समक्ष राखेर आन्दोलनको फुर्ति लगाएको छ ।

राप्रपालाई सरकारमा जाने मौका पर्दा प्रदेशको सभामुख हात लगाएपछि त्यो पार्टी गण्डकी प्रदेश र कोशी प्रदेशमा सत्ता लिने दिने च्याखे थापेर सरकारलाई घुक्र्याएकै छ । जुन पार्टीले संविधानअनुसार संसदको सुविधा लिएर नेपाली कांग्रेसको पिछलग्गु कसैले पत्तै पाएन । क वर्गका ठेकेदार विक्रम पाण्डे एमालेको साथमा निर्वाचित भएका हुन् ।

राप्रपा राष्ट्रवादी शक्ति हो कि कांग्रेस र एमालेको दास हो । अध्यक्ष राजेन्द्र लिंगदेनले स्पष्ट पार्नुपर्छ । सिक्टा सिंचाई आयोजनाको ठेकेदार कमपनी कालिका कन्स्ट्रक्सन माथि अख्तियारले ९ करोडभन्दा बढी दण्ड तोकेर कालोसूचीमा राख्न निर्देशन दिएपनि सरकारले अदालती प्रक्रिया पर्खेको छ । विक्रम पाण्डेमाथि लागेको आरोप र कारबाहीबाट मुक्ति लिन सांसद पाण्डे ५ करोड बुझाएर शहरी विकास मन्त्री भएकै हुन् ।

तर उनीहरुको शासकीय मञ्चन नौलो भएन । सरकारमा रमाउँदा राप्रपाले हिनदु धर्म र राजाको प्रशंसा गर्न पाएन । पूर्व राजा ज्ञानेन्द्रसँग पार्टीले मेची महाकाली अभियान चलाउने भन्दै कमल थापाले करोडौं लिएर पशुपति शमशेर र डा.प्रकाशचन्द्र लोहनी छुट्टाछुट्टै राप्रपा बनाएर जात्रा देखाए । ज्ञानेन्द्रकै निर्देशनमा गिता छोएर पार्टी एकता भयो । तर त्यो एकता लिङ्देन र धवलशमशेर राणाले भत्काई दिएपछि कमल थापाले राप्रपा नेपाल बनाए पनि त्यसको चर्चा छैन । यता सरकारले पुरा गर्न नसक्ने संविधान परिवर्तन गर्नुपर्ने माग राखेर पूर्व राजा ज्ञानेन्द्रको विश्वास जित्ने राजेन्द्रहरु एकजुट भए भने पार्टीभित्र कांग्रेस पक्ष र एमाले पक्ष भएर द्वन्द्व चर्किने होइन भनिँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *