काठमाडौँ । अमेरिकी दूतावास र युरोपेली युनियनले समेत कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ काण्ड प्रेस स्वतन्त्रतामाथिको प्रहार भन्न भ्याए । काम गर्नेलाई पैसा नदिने तर मुलुकको परिवर्तनका लागि आफू खम्बा ठान्ने कैलाश तारिखमा छुटेका कुरा प्रजातन्त्रको ठेक्का लिएका साम्राज्यवादी मुलुक अमेरिकाले पत्तो पाएन ।
पत्रकारिताको नाममा व्यापारी, उद्योगी, प्रशासक, मन्त्री, दलका नेतासम्मलाई सताएको सिरोहिया पथ प्रेस स्वतन्त्रताको कलियुग थिएन । बाबुआमा, दिदीबहिनी र भाइहरू अंगीकृत कैलाश वंशजको नागरिकता पाउने देशको कानुन र संविधानमाथि रहेछन् भन्ने कुरा दलका नेताको रोइलोले देखायो ।
पक्राउ परेको छ, नागरिकता केसमा प्रचार भयो प्रेस स्वतन्त्रताको हाँसीमजाक यही हो । जहाँ नेपालको बौद्धिक वर्ग र मानव अधिकारवादी आयोग एमालेका योगेश भट्टराई, समाजवादीका डाक्टर बाबुराम भट्टराई, कांग्रेसका गगन थापा, विश्व प्रकाश शर्माको प्रेस स्वतन्त्रताले देश हल्लियो । श्रमजीवी जनताको कुरा गर्ने तर कान्तिपुरले श्रमजीवी पत्रकारमाथि प्रहार गर्दा प्रेस स्वतन्त्रता नहुने भ्रष्टाचारका खम्बालाई सत्तामा रहँदा कान्तिपुरले कसरी तह लगाएको रहेछ भन्ने यसपटक देखियो ।
सुरेन्द्र भट्टराई देखि मनिला लामासम्मका फेक समाचार कान्तिपुरको मालिकको धनार्जनको स्क्यान्डल थिए । अझै सुमार्गी काण्ड चर्चित हो । जनार्दन शर्मा काण्ड त इन्सुरेन्स लाइसेन्स नपाएको झोक थियो । अहिले कान्तिपुरको बिक्री घटेको छ । मारवाडी समुदायको समेत तेजोबध गरेको कारण कैलाशप्रतिको मोह घट्दो छ । बजारमै पत्रिका बिक्री हुन छाड्यो । कान्तिपुर पढ्नेले बरु नयाँ पत्रिका र नागरिक किन्न थालेका छन् । कैलाश सिरोहियाको गतिविधिले कान्तिपुरलाई गलाएको कुरा काठमाडौँको बजार हो । पत्रकारितालाई दलाली मेसो बनाउँदा कैलाशको लागि अमेरिकी दूतावास र युरोपेली युनियनले चिन्ता जाहेर गर्नु ती देशको पत्रकारिता कस्तो छ भन्ने देखाउँछ ।