छोरी कुटेर बुहारी तर्साउँदै ओली

राजनीति समाचार

काठमाडौं । पार्टीका उपप्रधानमन्त्री सहित आठ जना मन्त्री सरकारमा पठाएर जनताको सेवा भन्दा आफ्नै राजनीतिक योजनामा रमाउँदै साना दल फुटाउँदै आएका एमाले अध्यक्ष केपी ओली मन्त्री विरुद्ध बोल्न थालेका छन् । ओलीको व्यंग नबुझ्नेले प्रचण्ड सरकार भत्किन्छ भन्छन् । तर उनी नाङ्लो ठटाएर हात्ती तर्साउने छोरीलाई गाली गरेर बुहारी तर्साउने काममा तल्लिन छन् वर्तमान सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्यायो । बजेट ल्याउनुपूर्व दलका प्रमुख सचेतक अर्थविज्ञसँग अर्थमन्त्रीले छलफल गरेकै हुन् ।

सरकारले पार्टीकै नेता र मन्त्रीसँग छलफल नगरी बजेट ल्याउँदैन । तर एमाले अध्यक्ष ओलीलाई भ्युटावरतर्फ रकम राख्नुपर्ने थियो । ओलीले झापामा दुई अर्ब ८५ करोडमा सरकारी खर्चमा आफू प्रधानमन्त्री हुँदा निर्माण गरेको भ्यु टावर अहिलेसम्म सञ्चालनमा आएको छैन । उनको कार्यक्षेत्रमा भ्यु टावर सञ्चालन कसले गर्ने निर्णय नहुँदा राज्यको लगानी खेर गएको छ उपलब्धिहीन खर्च गर्ने अध्ययन र तयारी बिना पानीजहाज विभाग खोल्ने विद्युतीय ¥याफ्टिङलाई पानीजहाज मान्नुपर्ने अवस्था ओलीकालको विकास थियो ।

सरकारको कमान्डर आफै छन् कसले सांसद बनाउने मन्त्री को बन्ने एमालेमा एकल निर्णय गर्ने अध्यक्ष केपीलाई बजेट मन परेन । उनकै पार्टीका आठ मन्त्रीले आफ्ना मन्त्रालय गत योजनामा चासो दिँदा केपीको गृह जिल्ला झापामा के माग्छ जनताको आवश्यकता के छ त्यसतर्फ केपीलाई चासो छैन । ओलीको चासो जोरी खोज्नेलाई पार्टीबाट खेद्ने र सत्ता गठबन्धनभित्रको स्वार्थगत एकतामा भाँजो हाल्ने भएको छ । उपेन्द्र यादवलाई गठबन्धन भत्काएर कांग्रेससँग मिल्न जाँदाको प्रतिफलले राम्रै ठाउँमा पाएको छ ।

एकीकृत समाजवादी पार्टी फरक विचार सिद्धान्त एमाले अध्यक्ष ओलीको भनाइ त्यसमै जोडिएको हो । नेपाली कांग्रेसलाई सरकारको गठबन्धन फेरिँदा रिस छ । दुई भ्रष्ट बोक्न कांग्रेस तयार हुँदा प्रचण्डले गठबन्धन फेरेका हुन् । यो सत्यको पेट बोली अहिले छरपष्ट भएको मात्र हो । ओलीको जोड प्रधानमन्त्री पुष्पकमल दाहाल दायाँबायाँ नहुन् भन्ने मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *