सहकारी ठगी काण्डले आँधिबेहरी ल्याउने सम्भावना

राजनीति समाचार

काठमाडौं । विगत लामोसमयदेखि सहकारी ठगी काण्डले सर्वसाधारण जनतालाई घरवारविहिन बनाउँदै आइरहेको थियो । सहकारी सञ्चालकहरुले सर्वसाधारण जनतालाई ठगेको समाचार तत्कालीन सञ्चारकर्मी हुँदा सहकारीको समाचार सम्प्रेषण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफँै सहकारी ठगी काण्डमा संलग्न भएका रहेछन् । सहकारी ठगी काण्डमा संलग्न भएपछि रविको समाचार दिनप्रतिदिन सञ्चारमाध्यममा आउन थाले । तर रवि सहकारी ठगी काण्डले टसकोमस भएका छैनन् । उल्टै मैले सहकारी ठगी गरेको छैन भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै युटुवरहरुलाई चारो छरिरहेका छन् । कांग्रेसले सहकारी ठगीको छानबीन समिति बनाउँनुपर्ने माग राखेर झण्डै एक महिना संसद अवरोध गरेको थियो । त्यसको बाबुजुद पनि आखिरीमा संसदीय छानबीन समिति बनेरै छाड्यो ।

त्यो संसदीय छानबिन समितिले कस्तो निष्कर्ष निकाल्छ त्यो यकिन छैन । हाल २९ वटा सहकारी संस्थाले करिब ५९ अर्ब ४० करोडभन्दा माथि सर्वसाधारणको बचत रकम हिनामिना गरी सञ्चालकहरु फरार भएका छन् । यस्ता फरार सहकारीका सञ्चालकहरुलाई गृहमन्त्री रवि लामिछानेले कसरी पक्राउ गरी कारबाही गर्छन् त्यो पनि निश्चित छैन । उल्टै रवि लामिछानेको पोखराको सूर्यदर्शन सहकारी र बुटवल, चितनवको सहकारी ठगी काण्डमा प्रहरीले छानबीन गरी रिपोर्ट तयार पार्दा गृहमन्त्रीको मुद्दा ओझेलमा पारिएको थियो । हाल सो मुद्दाको फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । महाधिन्यायवक्तको कार्यालयले गृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी गरेको उजुरी नपरेको भन्दै एक महिना अगाडि सफाइ दिएको थियो ।

अहिले आएर सर्वाेच्च अदालतले रवि विरुद्धको जाहेरी झिकाउन आदेश दिएको छ । सर्वाेच्चले आदेश दिएपछि रवि लामिछाने सहकारी ठगी केसमा जेल पर्ने सम्भावना बढेर गएको छ । त्यस्तै, कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ सहकारी संस्थाका तत्कालीन अध्यक्ष सिबी लामालाई अपराध अनुसन्धानले पक्राउ गरेपछि काठमाडौं उपत्यकाभित्र रहेका सहकारी सञ्चालकहरु थर्कमान भएका छन् । गत आइतबार सिबी लामा पक्राउ परेपछि वामपन्थी खेमाका सहकारी सञ्चालकहरु सशांकित भएका छन् ।

किन की एकीकृत समाजवादीको पार्टी कार्यालयमा देव शंकर पौडेलले लेखेको लिखुसँग आत्मसमर्पण भन्ने किताब विमोचन गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख अतिथि रहेको बेलामा एकाएक कान्तिपुरका अध्यक्ष पक्राउ परेको समाचार सार्वजनिक भएपछि सो विमोचन कार्यक्रममा उपस्थित भएका विभिन्न व्यक्तिहरुले कानेखुसी गर्दै अब वामपन्थीहरुले सञ्चालन गरेको सहकारीहरु बाँकी रहदैनन् भन्न समेत भ्याएका थिए । त्यो भनाइको अर्थ संघ स्थानीय र प्रदेशमा रहेका सहकारी सञ्चालकहरुले जनताको अर्बौ रुपैयाँ हिनामिना गरेको आँकलन गर्न सकिन्छ । यदि जनताको पैसा सहकारी सञ्चालकहरुले हिनामिना गरेर जनता सडकमा आएको खण्डमा सरकार नै परिवर्तन हुनेदेखि राजनीतिक आधिबेहरी नल्याउला भन्न सकिँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *