योजना बिग्रँदा कांग्रेस फुस्स !

राजनीति समाचार

काठमाडौं । नाच्न नजान्ने आगन टेढो भनेजस्तै भएको छ नेपाली कांग्रेसका लागि सत्ता र शक्ति । डाक्टर शेखर कोइरालाको तत्कालको उद्देश्य पूरा भयो । तर कांग्रेसका लागि ठूलो संकट आउनेवाला छ । राजनीतिमा घात गरेका डाक्टर शेखरलाई आगामी चुनाव राम्रै दण्ड हुनेछ किनकि उनले प्रधानमन्त्री प्रचण्ड र उनको पार्टीबाट सहयोग लिएर घात गरेका छन् । पार्टीको संस्थापन पक्षले दिएको विश्वासमा घातक बनेका डा. शेखरकै कारण कांग्रेस माओवादी गठबन्धन भत्केको हो ।
कांग्रेसकै नेता भ्रष्ट छन् ।

मोहन बस्नेत, डा. प्रकाश शरण महत र आरजुु देउवाको संगठित लुटले तत्कालीन सरकार बदनाम भयो । प्रधानमन्त्री प्रचण्डले यी दुई भ्रष्टहरुलाई हटाएर नयाँ अनुहार दिन सभापति देउवालाई भनेकै हुन् । तर डाक्टर आरजु राजी नहुँदा गठबन्धन भत्केको हो । कांग्रेसले सहकारी ठगी प्रकरणमा आफ्ना कति पर्छन् सोचेनन् । गृहमन्त्री रवि लामिछाने र गोर्खा मिडिया नेटवर्क प्रालीका जितेन्द्र राई (जीबी राईं) सँग जोडिएको सहकारीहरू काठमाडौं, पोखरा, बीरगन्ज, रुपन्देही, नेपालगञ्जसम्मबाट लिएको पैसा फिर्ता गर्नुछ ।

जहाँ गयो त्यहाँ लुट्ने रविको शक्तिले वर्तमान गठबन्धन थेगेको हो भन्ने होइन । रवि सत्ताबाट हटेको खण्डमा लोसपा, जनमत, नागरिक उन्मुक्रि जोडिँदा पनि गठबन्धन तलमाथि हुँदैन । यो सरकारमा एमाले ७९ (एक निलम्बन), माओवादी ३२, समाजवादी १०, जसपा राई ७, जनमत ६, नागरिक उन्मुक्ति ४, लोसपा ४, स्वतन्त्र १, प्रभु साह र अमरेश सिंहसमेत २ गरी १४५ जना सांसद हुन्छन् । १३८ बहुमत भए पुग्छद्ध ।

कांग्रेससँग ८९ राप्रपा १४ चित्रबहादुर केसी र प्रेम सुवाल गरी १०५ हुन्छ । यो आंकडा एकातिर छ भने अहिले कांग्रेसकै कारण संसदीय छानबिन समिति बनेको एक सातासम्म समिति बेपत्ता थियो । अदालतले मन्त्रीबाट हटाउ भनेपनि रवि आफु हटेर डा.स्वर्णिम वाग्लेहरुलाई खटाउन सक्छन् भन्ने हो । तर रविको राजनीतिक संस्कार, पदीय दायित्व सुहाउने भएन । एमाले र कांग्रेसकै धेरै सहकारी ठगी छन् । छानबिन गर्ने समिति एक सातासम्म अलमल गर्नुले पनि यो छानबिन केवल हल्ला मात्र त होइन शंका बढ्नु स्वभाविक छ । कांग्रेस बालमन्दिरको भ्रष्टाचार, धनगढी जग्गा काण्ड, टेरामकस काण्ड, भुकम्प पीडितको राहत काण्ड, अस्पतालको उपकरण खरिद काण्डजस्ता एक दर्जन काण्डमा डुबेको छ । एमाले र कांग्रेसका बिचमा लेनदेन यस्तै काण्डसँग हुने संकेत मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *