भतिजो बेपत्ता, काका बुरुक्क

राजनीति समाचार

काठमाडौं । डा.सुन्दरमणि दीक्षित र हिमाल खबर मिडियाका कनकमणि दीक्षित नाताले काका भतिज हुन् । यो परिवारले जगदम्बा राणाको सम्पत्ति बकस पाउनु नै समाजमा स्थापित भएको हो । डा.सुन्दरमणि पेशाले चिकित्सक । तर व्यवहारमा सामाजिक अभियन्ताका रुपमा देखिन्छन् । कनकमणिको ठगीको विरुद्धको अभियान हालका अर्थमन्त्री वर्षमान पुनले पर्दाफास गरिदिएका थिए । नेपालमा लोकतन्त्रको स्थापनापछि कनकमणिले विदेशी डोनरहरुबाट नेपाली प्रेसहरुलाई लोकतन्त्रको पक्षधर बनाउने भन्दै डलर भित्र्याएको पर्दाफास भएको थियो ।

यो समूहले कबजा गरेको लगनखेलस्थित साझा सहकारी संस्थानको सम्पत्ति छानबिन अख्तियारले गरेको थियो । सरकारी सम्पत्ति कब्जा गर्दै अरुलाई आदर्शका गफ चुट्ने कनकमणिको सेखी झार्दा काका डा.सुन्दरमणिले बोल्ने सकेनन् । किनकि कनकमणि पिता साल्ट ट्रेडिङ कर्पाेरेशनको अध्यक्ष रहँदा त्यहीबाट लाखौं रुपैयाँको कागज उधारोमा लगेर भुक्तानी नभएको विषय पनि अख्तियारको खोजीमा परेको थियो । अहिले मिडिया क्षेत्रको नाममा राज्यबाट फाइदा लिने कान्तिपुरका कैलाश सिरोहिया नागरिक दैनिकका विनोद ज्ञवाली अन्नपूर्ण ग्रुपका रामेश्वर थापाहरुको समाजवाद बद्नाम भएको छ ।

अहिले कनकमणि बेपत्ता छन् । निरन्तर प्रचार चाहने डा.सुन्दरमणि दीक्षित रिपोटर्स क्लबको डबली खोज्ने गर्छन । समाजले रुचाएका विषय भ्रष्टाचार र कुशासनको विरोध गर्नु सचेत नागरिकको कर्तव्य हुन्छ । तर डा.सुन्दरमणिलाई पत्रकारिताको नाममा ठग्ने कनकमणि दीक्षितको लुटको पत्तो छैन । गणतन्त्रको नाममा ठगी खाने र गरी खाने बिचको लडाइँमा डा.सुन्दर गरी खानेको पक्षमा भए पनि उनका प्रस्तुति हल्का भएका छन् । नागरिक समाज नामकोे समूह पनि सडकमा छैन । वर्तमान सत्ता गठबन्धनमा दीक्षित परिपवारले मन नपराउने नेकपा माओवादीलाई बद्नाम गर्न कांग्रेसका कपिल श्रेष्ठ, एमालेका सुशील प्याकुरेलहरु प्रयोग हुने पात्र हुन् । अहिले कनकले भनेको कसैले नसुन्ने भएपछि आफु लुकेर काका डा.सुन्दरमणिलाई त खटाएनन् शंका छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *