बालकोटमा दयालबहादुरको नो इन्ट्री

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका ठूला नेता केपी ओलीको भजन गाएर समानुपातिक सांसद र केन्द्रीय सदस्य बनाइएका विश्वासिला दूत दयालबहादुर शाहीलाई बालकोट दरबारमै नो इन्ट्री भएको छ । शाहीले कर्ण थापा, लेखराज भट्ट बीचको द्वन्द्वले सुदूरपश्चिममा एमालेको पार्टी संगठन खस्केकोले डाक्टर भीम रावललाई कुनै पनि हालतमा पार्टीमा उचित व्यवस्थापन गर्दा आफू केन्द्रीय सदस्य पद त्याग्न पछि नपर्ने कुरा अध्यक्ष केपी ओलीलाई बताएका थिए । ओलीले त्यो सुनेपछि उत्तर दिएनन् ।

शाही बाजुराका बासिन्दा हुन् । सादा जीवन ओली स्तुति नै उच्च विचार ठान्ने शाही चन्द्रागिरी नगरपालिकामा बस्छन् । सुदूरपश्चिमको सोझो व्यवहार नै शाहीको कमजोरी हो । झलनाथ पार्टीको अध्यक्ष भएका बेला शाहीको लेखन दृष्टि साप्ताहिकमा खनाल र माधवविरुद्ध केन्द्रीत हुन्थ्यो । सैद्धान्तिक रुपमा कुनै कार्यक्रमप्रति विमति जनाउनु नौलो होइन । संगठनमा आफ्ना कुरा संस्थागत रुपमा राखिनछ । तर शाहीले लेखेर आफ्नो एकल स्तुति केपीलाई सुमेरु पर्वत नै बनाउँथे । झलनाथ र माधव डामिन्थे, दृष्टिले ठाउँ दिएकै थियो । समय पुगेपछि आफ्नै सन्तान पनि शत्रु ठान्ने दुष्ट व्यवहार जस्तै केपी ओली शाहीप्रति असन्तुष्ट हुनुमा कर्ण थापा भर्सेस लेखराज त होइनन् शंका छ । किनकि पहिले उनी केपी ओलीका विश्वासी पात्र थिए ।

गृह जिल्लामा जनाधार नभएका दयालका लागि एमाले अब साथ रहला नरहला उनी पनि डा.भीम रावलझैं एमालेमै रहने लक्षण छैन । किनकी डा.रावल केपीको पालामा एमालेमा फर्कने ठाउँ छैन । अहिले धेरैजसो एमाले केपी ओलीका पछि लागेका छन् । दयालबहादुर समानुपातिक सांसद भए पुग्यो । छोरा डाक्टर पढाएर विदेश पठाएकै छन् । अरु छोराछोरी पाल्ने मासिक आइहाल्छ । केपी ओलीको चाकडी गर्दा संगठनको चिन्ता लिनु नै उनी बालकोट प्रवेश रोकिने पात्र भएको कुरा अब लुकाउने पर्ने छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *