कांग्रेसभित्र आधिकारक नेता को ?

राजनीति समाचार

काठमाडौं । कांग्रेसमा नेता धेरै छन् । धेरैका मुखले जे बोल्छन् ती सबै आधिकारिक हुँदैनन् । पार्टीका प्रवक्ता डा.प्रकाशशरण महत छन् । उनी सभापति शेरबहादुर देउवाका विश्वास पात्र खम्बा हुन् । अर्थमन्त्री बन्दा पूर्ण असफल पात्र डा.महत एकाएक पार्टीभित्रकै चतुर सुनिल शर्मा जस्ता माफियाहरूको आक्रमणमा परे । शर्माले लेखेको डाक्टर शब्दको खोजी गर्दै प्रहरीको सिआइबी लगाए ।

कांग्रेसकै सरकार कांग्रेसकै सांसद पक्राउ पर्दा डा. शेखर कोइराला सभापति शेरबहादुर देउवासँग रिसाए । सभापति देउवाले आफ्ना प्रतिस्पर्धीको चित्त दुखाउन चाहेनन् । शर्मा ६ घण्टा हिरासतमा बसेर छुटेकै हुन् । अहिले कांग्रेसभित्र आधिकारिक को हो जनताले बुझ्दैनन् किनकि सभापति देउवालाई सत्ता चाहिएको छ । देउवाले माओवादी अध्यक्षबाट धोका दिएको विषयलाई आफ्ना शुभेच्छुकहरूसँग गुनासो गर्दा वर्तमान सरकारबाट सहकारी छानबिन नगर्ने संकेत देखिँदा नेपाली कांग्रेसलाई संसदमा सांसदहरूले बचाउनुपर्छ भन्न भ्याए । डा. शेखरले यही परिवेशमा नेपाली कांग्रेस सरकारमा जाँदैन भन्दै गर्दा शेखरकै टिमका महामन्त्री गगन थापालाई वर्तमान सरकार ढालेर कांग्रेसले सरकारको नेतृत्व गराउनु परेको छ ।

महामन्त्री थापासँगै विश्व प्रकाश शर्मा पनि त्यही पक्षमा छन् । उनीहरूको बीचमा सल्लाह भएको छैन । तर कांग्रेसको लक्ष्य समाजवादी अवधारणा रुचाउने दलहरु बिचको सहकार्य हो । राप्रपा सरकारमा जान खुट्टा उचाल्दा साथ पाउने जसपाको सानो चोइटो कै हो । पार्टीको अवधारणा कस्तो छ ।

पार्टीले सत्ता ग्रहण गर्दा कांग्रेसमा बहुमत सांसदले सघाए । तर कांग्रेसमा कसको कुरा आधिकारिक छन्, त्यसैतिर चुनावी माहोल छ । अहिले सभापतिका प्रतिस्पर्धी डा.शेखर सरकार बनाउनके लागि कांग्रेस पटक पटक विवादमा आउँदैन भन्छन् । तर उनकै टिमका गगन थापा आफु प्रधानमन्त्रीको प्रचार गर्छन । पार्टी संस्थापनले २ वर्ष पछिको चुनावका लागि कुनै त्याग, अनुशासन, लगनशिलता हेरेको छैन । आफ्नो पार्टीको १५ औं महाधिवेशनसँग संसदीय चुनाव पनि जोडिन्छ । त्यो बेलाको राजनीतिमक माहोल अनुसारको अवस्था पार्टीले मान्नुपर्छ । डा.शेखर सरकारमा नजाने गएकाहरुले जनतको पक्षमा कति काम गरे कति बाँकी छ । त्यसको खोजी नगर्ने को भयो ?

नेपाली कांग्रेस प्रचण्ड सरकार ढाल्न प्रयोग गर्ने र हुने मत भनेको कांग्रेस ८९, जसपा ५, राप्रपा नेपाल १४ गरी ११७ मत छ । यहाँ माधवका १० भाइ थपिए पनि १२७ मत हुन् । स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह र चित्रबहादुर केसीको मात्र कुरा होइन । कांग्रेसले शुरुमै १३८ पु¥याउन कठिन छ । किनकी नेता पिच्छे पार्टीका कुरा फुस्कने कांग्रेस आफै भित्र बेमेल हुँदा जनताको कस्तो साथ पाउने र प्रवक्ताको लहर बढाउने हो कुर्नैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *