प्रचण्डको गुन तिर्दै उपेन्द्र

राजनीति समाचार

काठमाडौं । जसको बिहे उसैलाई नदिए भनेजस्तै जसले मधेस जनाधिकार फोरम जन्मायो त्यसैभित्र पसेर फोरमको मूल्य मान्यतामाथि धावा बोल्दै हिँडेका उपेन्द्र यादव १७ वर्षपछि पार्टीको एकता महाधिवेशन गरेर अध्यक्षमा आएका छन् । फोरम संविधानसभामा चौथो शक्तिभन्दा कांग्रेसका विजय गच्छदार, सद्भावनाबाट आएका राजकिशोर यादव, राप्रपाबाट गएका सर्वेन्द्रनाथ शुक्ला र कांग्रेसलाई त्यागेर फोरम बनाएका जेपी गुप्ता हर्ताकर्ता थिए । तराई मधेस लोकतान्त्रिक पार्टी खडा गर्ने महन्त ठाकुरसँग जोडिएका सर्वेन्द्रनाथ शुक्ला एमालेबाट जोडिएका जितेन्द्र देव, महेन्द्र यादवहरु पार्टी एकतामा जनता समाजवादी बन्न पुगेका भए पनि यादवको दादागिरीसँग टिक्न सकेनन् ।

अशोक राईको संघीय समाजवादीसँगको एकताले जनता समाजवादी बनाएर माओवादीबाट तर्सिएका उपेन्द्रसँग जोडेको २ वर्षकै अवधिमा आफ्नै बाटो तताए । सबैथरीका नेता जोड्दा उपेन्द्रको रौतहत काण्डले लुकामारी खेल्यो । अहिले रौतहटबासीले उपेन्द्रको भण्डाफोर गर्दै सरकारलाई दबाब दिएका छन् । यहीबेला पार्टीका बहुमत सांसद अशोक राईतिर लागेर सरकारमा सहभागी हुँदा ५ जना सांसदका नेता उपेन्द्र एकता महाधिवेशनको नाममा कांग्रेस, माओवादी र एमालेको खोइरो खन्दैछन् । उपेन्द्र यादवलाई जनमतका सिके राउतलाई चुनावमा हराएपछि एमालेका गठबन्धनबाट कांग्रेस र माओवादीसँग मिल्न पुगेका उपेन्द्रलाई उपचुनावमा गठबन्धनले जितायो । जसपालाई उपराष्ट्रपति दिलायो । त्यो काम तत्काल प्रधानमन्त्री पुष्पकमल दाहालले नै गरे ।

तर आज तिनै उपेन्द्र प्रचण्डको शत्रु भएका छन् । उनको शत्रुताले सरकार र रौतहट काण्ड छानबिनका लागि लाग्न बाध्य बनाएको छ । एमालेबाट चोइटिएर माओवादीको काँधमा चढेर बागमतीमा ७÷७, सुदूरपश्चिम र पश्चिममा ४, लुम्बिनी कर्णालीमा १÷१ प्रदेश सांसद भएको एकीकृत समाजवादीलाई उचाल्दै एमाले र माओवादीमाथि प्रहार गर्ने अभियानमा उपेन्द्र लागेका छन् । उनको यो अभियानले आफ्नै खुट्टामा बन्चरो प्रहार भएको कुरा अब कोट्याउनु नपर्ला । यादवको समूहले २८ जना माओवादी कार्यकर्तालाई एकै थलोमा हत्या गरेर भारत प्रवेश गरी राजनीतिक समर्पण गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *