महासचिव भुसाल अध्यक्षमै भिड्ने

राजनीति समाचार

काठमाडौं । जनताको बहुदलीय जनवाद पार्टीको मूल आदेश मान्दै समाजवादसम्म पुग्ने लक्ष्य राखेको नेकपा एकीकृत समाजवादी दशौं महाधिवेशनको चक्करमा पुग्दा भावी नेतृत्वका लागि भिडन्त हुने देखिएको छ । अध्यक्ष माधव नेपाल पार्टी फरक भएपनि नेकपा एमालेको २०४९ सालको पाँचौं महाधिवेशन स्वीकारेको राजनीतिक प्रस्ताव जनताको बहुदलीय जनवादको महत्व देख्छन् । माधव नेपालको यो विचारसँग वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सहमत छैनन् ।

पार्टीका ठेकेदार सांसद र व्यापारी सम्धी सोमप्रसाद पाण्डे मात्र होइनन्, उपाध्यक्ष राजेन्द्र पाण्डेलाई समेत जबज र समाजवादको चासो र चिन्ता छैन । अध्यक्ष माधवको पक्षधर डा. गङ्गाधर तुलाधर, प्रमेश हमाल र माधव पौडेलहरू विचारका कुरामा चासो राख्छन् । महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता झलनाथ खनाल अर्का उपाध्यक्ष डाक्टर बेदुराम भुसाल बीचमा पनि जबजको सार्थकता नभएकोले पार्टीको नाम चाहिँ सिद्धान्त र नीति हुनुपर्छ भन्ने छ । तर अध्यक्षलाई एमालेले समाजवादी धार नपक्रने भन्नेमै चित्त बुझेको छ । नेपाल जबज नै महत्वपूर्ण देख्छन् भने पार्टी विभाजनको औचित्य देखिँदैन ।

भोलिको लागि सांसदको टिकट र आजका लागि दुई मन्त्री पाएको खण्डमा प्रेम आले, किसान श्रेष्ठ, अमर थापा, धनबहादुर बुढा, शेरबहादुर कुँवरले एकीकृत छाड्ने अवस्था छ । पाँच वर्ष नपुगी नयाँ पार्टीको फुटले मान्यता पाउँदैन भन्दै औंला भाँचेका अध्यक्ष नेपालले आफ्नो पार्टी राष्ट्रिय पार्टी होइन भन्ने पत्तो पाएका छैनन् । स्वतन्त्र सांसदलाई दलीय ह्वीप लाग्दैन । त्यसैकारण एमाले अध्यक्षले बल्छी थापेका हुन् । ओली माधव एक्लै परुन भन्दैछन् । वाम एकता पक्षधर घनश्याम भुसालसँग केपी ओलीको डा.भिम रावलको झैं कटाक्ष छैन । एकीकृतको नेतृत्व चयनमा घनश्यामलाई जिताउने र अध्यक्ष नेपाललाई एक्लो बनाउने स्थिति भित्रभित्र नबन्ला भन्न सकिँदैन ।

एमालेको एउटा सर्कलले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी सक्रिय राजनीतिमा तान्दैछ । अध्यक्ष ओलीलाई त्यो चित्त बुझेको छैन । विद्या सम्मानित भएर बसुन भनेर केपी ओलीले पार्टीको तर्फबाट गणतन्त्रको रत्न विभुषण दिएर सम्मान गरेको हो । तर केपी ओलीबाट वामपन्थीको एकता र सहकार्य सफल नहुने देखेरै एमालेको ठूलो पंक्ति विद्यालाई अगाडि सार्दै माधव झलनाथ प्रचण्डसम्मलाई एक ठाउँमा ल्याउन तम्सेको हो । एकीकृत समाजवादी भित्र पनि यो सोचले ठाउँ लिएको छ । राजनीतिज्ञ भन्दा ठेकेदार व्यापारी स्वभावका व्यवसायी चरित्रका सांसद अध्यक्ष माधवतर्फ भन्दा महासचिव घनश्याम र वरिष्ठ नेता खनाल तर्फ आकर्षित भएका हुन् । उता सरकारका दुई मन्त्री पार्टीको नेतृत्वको व्यवहारले टुटाउन थालेका छन् ।

व्यापारी सम्धी सोमप्रसाद पाण्डे महाधिवेशन खर्च व्यवस्थापनमा लाग्दा मन्त्रीहरूसँग पैसा माग्न थालेका छन् । पार्टीले प्रदेशका मन्त्रीलाई १५ लाखका दरले कोटा तोक्दा पार्टी सदस्यहरुबाट संकलित सहकारीको पैसा मनमोहन कलेजको नाममा हजम गर्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले कति पैसा चन्दा दिन्छन् भन्दै कानेखुसी गर्दैछन् । समाजवादीले दशौं महाधिवेशन गर्दै गर्दा प्रचण्ड सरकारका मन्त्रिमण्डल पुनर्गठन हुने कुरा निश्चित छ । जनतालाई महंगी, भ्रष्टाचार उपहार दिएका प्रधानमन्त्री प्रचण्ड कुर्सी र पद जोगाउने दाउमा छन् ।

सहकारी ठगलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको औचित्य ध्वस्त बनाएको कुरामा माधव नेपाल सहमत छन् । ठगी काण्डका आरोपीलाई बोक्नुभन्दा जनमत र नाउपालाई एकएक मन्त्री दिने र लोसपालाई भित्र्याउन सकियो भने प्रचण्ड सरकार पाँच वर्ष टिक्ने अवस्था पनि छ । त्यसो हुँदा एमाले ७९, माओवादी ३२, एकीकृत समाजवादी १०, जसपा ७, जनमत ६, नाउपा २, स्वतन्त्र २ प्रभु शाह समेत १३९ सदस्य पुग्छन् । यहाँ राप्रपा भन्दा मधेसमा उपेन्द्र यादवलाई लिनु उपयुक्त हुने अवस्था छ । कांग्रेसले आफैले सहकारी ठगी काण्ड उचालेको कारण रास्वपाका भ्रष्ट रवि बोक्दैनन् राप्रपा र कांग्रेसबाट सरकार बन्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *