गृह र सामान्य मन्त्रालयबिच भिडन्त

राजनीति समाचार

काठमाडौं । मन्त्री गौ प्राणी, कर्मचारी संगठनका नेताहरु कागको फूल चोर्ने खालका अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै एकीकृत समाजवादीसम्बद्ध कर्मचारीहरुले भरिएका छन् । तिनै कर्मचारीहरुले बेमौसमी सरुवा गरेर उठाउ धन्दा चलाइरहेको खबर छ । अहिले मन्त्री भानुभक्त जोशीको सचिवालयमा छोरी र भतिजलाई ल्याएर राखेका छन् ।

भतिज लवराज जोशी नीजि सचिव,कृषिको कर्मचारी छोरी चन्द्रा जोशीलाई कृषि अर्थविज्ञको रुपमा सामान्यमा भित्र्याइएको छ । त्यहाँ गगनसिंह विष्टलाई संघीय तथा प्रदेशिक कर्मचारी प्रशासन महाशाखा,रामहरि शर्मालाई स्थानीय तह कर्मचारी प्रशासन महाशाखा,दिनेश लम्साल आर्थिक प्रशासन,मोहन घिमिरे वातावरण विपद् व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । यस्तै मन्त्रीका सहयोगीका रुपमा समाजवादी निकटकै इञ्जिनियर दीपक बोहरा छन् । यही समूहले बेमौसमी सरुवाको खेती नै चलाइरहेको कर्मचारीहरु बताउँछन् । यसरी गरिएको बेमौसमी सरुवाको सूची मन्त्रालयले गोप्य राख्दै आएको छ ।

पछिल्लो समयमा सामान्य प्रशासन मन्त्रालयमा एकीकृत समाजवादी निकट ट्रेड युनियनमा काम गरेका कर्मचारी नेताहरुको रजगज छ । विगतमा संगठनमा रहेकाहरु नै कर्मचारीले ‘कर्मचारी प्रशासन महाशाखा’मा जिम्मेवारी पाएकाले सरुवामा मनपरी निर्णयहरु हुन थालेको मन्त्रालय स्रोतको दाबी छ । पछिल्लो समय सामान्यमा बेमौसमी सरुवाको खेती मौलाएको छ । अहिले प्रमुख प्रशासकीय अधिकृत चलाउने समय होइन । आर्थिक बर्ष सकिने समय र बजेट खर्च गर्नुपर्ने बेलामा झण्डै ७० भन्दा बढी प्रमुख प्रशासकीय अधिकृतहरु चलाइएको छ । यसरी मनलाग्दी सरुवा गरिँदा आर्थिक खेलोमेलो भएको कर्मचारीहरुको आरोप छ ।

आर्थिक बर्षको अन्त्यमा मनलाग्दी ढंगले प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा हुँदा बोल कबोलमा रकम उठाइएको चर्चा सामान्य प्रशासनमा चल्ने गरेको छ । सोझा र इमान्दार मन्त्रीको फाइदा मन्त्रीका सचिवालयका कर्मचारी र नेकपा एस निकट कर्मचारी संगठनका केही नेताहरुले फाइदा उठाइरहेको एकाथरी कर्मचारीहरुले टिप्पणी गरेका छन् । यस्तै हालैमात्र १७ उपसचिव,दर्जनौंको संख्यामा खरिदार,नासु यता यता पारिएको छ । यस्तै मन्त्रालयले यस अघि ३० जना शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । जसमध्ये १७ जनालाई हाजिर गर्न नदिएर फिर्ता पठाइएको थियो । अझैं पनि २ सय २९ स्थानीय तहहरू निमित्तको भरमा छन । मन्त्री र सचिव घुमघाममा व्यस्त छन् । त्यही मौका छोपेर सामाजवादी कर्मचारी संगठनका नेता,मन्त्रीका स्वकीय,कप्रमा बस्ने हाकिमहरुले मनलाग्दी सरुवा गरिरहेका छन् ।

मन्त्री सोझो भएको कारणले गर्दाखेरि उक्त मन्त्रालय नै नकेपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले चलाएको एकथरी कर्मचारीहरू बताउँछन्। उनी मुख्यमन्त्री हुँदा प्रदेशका प्रमुख सचिव रहेका मुकुन्द निरौलालाई अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याएर उनकै इच्छा अनुसार कर्मचारी खटन पटन गरिरहेको एकाथरी कर्मचारीको आरोप छ । यसरी सरुवा गरिदा सामान्यले अन्य मन्त्रालयसँग सहमति समेत नलिइ कर्मचारी सरुवा गर्दिएको बिषयले अहिले मन्त्रालय मन्त्रालयबीच द्धन्द छ । जस्तो हालैमात्र सामान्यले गृहका एक दर्जन शाखा अधिकृतको सरुवा गर्दा सहमति नलिएको भेटिएसँगै गृह र सामान्य प्रशासनको जुहारी शुरु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *