गृहसचिव अर्यालको कर्के नजर

राजनीति समाचार

काठमाडौं । मन्त्री सेलिव्रेटी, सचिव उस्तै उही ड्याङ्गका । केपीबाका विशेष आर्शिवादका कारण अहिले शक्तिमा पुगेका गृहमन्त्री रवि लामिछानेको मन्त्रालयमा हर्ताकर्ता छन्,एमाले । सचिव छन्,एकनारायण अर्याल । विगतमा श्रममा बस्दा बदनामी कमाएका । आफू दूधले नुहाएका जस्ता देखिने अनि तल्ला तहका कर्मचारीहरुलाई ‘मालदार’कार्यालयमा खटाएर उठाउने र बदनामीमा साना तहका कर्मचारीमात्रै मुछ्ने र आफू पानीमाथिको ओभानो बन्ने कलामा माहिर ।
सचिव एकनारायण अर्याल यस्ता पावरफुल कर्मचारी हुन, जो सचिव भएर एक दिन पनि प्रदेशमा झर्नु परेन । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदै महावाणिज्यदूत बनेका उनी सचिवमा बढुवा भएसँगै काठमाडौं महानगरपालिकामा पदस्थापन भए ।

त्यहाँबाट सिधै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,श्रममा पुगे । सदाचारको कुरा गरेर नथाक्ने उनै हाइप्रोफाइल सचिव अर्यालले निजामती अस्पतालबाट सामान्य उपचार गर्दा समेत २ हजार छुट लिन पछि परेनन् । सचिवको द्रव्य मोह त्यही घटनाबाट पृष्टि हुन्छ । श्रम सहचारी नियुक्ती गर्दा म्यानपावरको सेटिङ्गमा छनौट गरिएको उनीसँगै काम गरेका प्रशासकहरु बताउँछन् । ०७९ को शुरु तिर भएको श्रम सहचारी नियुक्ती हुँदा अनुभव नपुगि छनौट नभएका व्यक्ति २०७९ कार्तिकमा एउटै सचिवको निर्णय फरक फरक गरि गरिएको नियुक्ति नै आर्थिक चलखेलसँग जोडिन्छ भन्छन्,कर्मचारीहरु । तिनै सचिवले ६ महिना अघि अयोग्य भनेर फालेको व्यक्ति ६ महिना पछाडि योग्य हुनुको पछाडि द्रव्य नै प्रमुख कारण हो भन्दैछन् । उनी जहाँ जान्छन्,त्यहाँ एउटा टिम नै तयार पार्दछन् ।

श्रम मन्त्रालयमा पुगेपछि राजीब पोखरेलहरुको टिम नै बोकेर सामान्यबाट श्रम पु¥याए । उनी श्रममा हुँदा उठ्तीपुठ्ती धन्दा चलाउने कर्मचारी थिए,उपसचिव बसन्त बोहरा । यस्तै उमाकान्त अचार्यलाई काखी च्यापे । त्यतिखेर उपसचिव बोहराको समूहले संकलन गरेको घुसको आधा हिस्सा सचिव अर्यालसम्म पुग्ने गरेको चर्चा थियो ।

अर्काेतिर अर्यालले अहिले एक पछाडि अर्काे विवादित कर्मचारीहरुलाई गृहमा भित्र्याएर जिम्मेवारी दिइरहेका छन् । जस्तो सुन तस्करी जाँचबुझ आयोगले दोषी ठहर गरेका अरुण पोखरेललाई भर्खरै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएर पठाइएको छ । कीर्ते काण्डमा डामिएर वालेनले लखेटेका सहसचिव बसन्त अधिकारीलाई गृहमा तानेर अहिले विपत प्राधिकरणको हाकिमको कुर्सीमा पु¥याइएको छ । त्रिपाल काण्डदेखि राष्ट्रिय परिचपत्रमा भएको हिनामिनामा डामिएका तिर्थराज भट्टराईदेखि सुन काण्डमै डामिएका उमाकान्त अधिकारी,लाइसेन्स प्रकरणमा मुछिएका गोगनबहादुर हमालका अलवा यही प्रकरणमा जोडिएका नारायण भट्टराईहरु गृहकै हर्ताकर्ता छन् । अहिले तिर्थराज भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
उद्योगमा हुँदा करोडपति सहसचिव रामचन्द्र तिवारीलाई गृह भित्र्याएर अहिले सिडियो बनाएर खटाइएको छ ।

झक्क अचार्य, भरतमणि रिजाल यी कसैको विगत राम्रो छैन । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा जगेडामा रहेका गोगनबहादुर हमाल आन्तरिक व्यवस्थापन महाशाखाको हर्ताकर्ता बनेका छन् । यी तिनै पात्र हुन जो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कार्यालयमा प्रहरीसँग झगडा गरेर हिँडेका थिए । अनि अहिले प्रवक्ताको कुर्सीमा रहेका नारायणप्रसाद भट्टराई त गाडीले हानेर मान्छे मार्नेलाई नक्कली लाइसेन्स दिँदा यातायात व्यवस्था विभागको महानिर्देशक थिए । नारायणकाजी श्रेष्ठको पालादेखि गृहमै बसेर मस्ति गरिरहेका छन् ।

गृहका सदावहार सिडियो इन्द्रदेव यादवको जिल्ला प्रशासन कार्यालय, चितवनमा ल्याइएको छ । यस्तै बदनाम सहसचिवहरुले घेरिएका छन्,गृहमन्त्री र गृहसचिव । अहिले मन्त्री र सचिवबिच टसल देखिएको छ । गृहसचिव एकनारायण अर्याल जुन मन्त्रालयमा जान्छन्, त्यहाँ सुरासुन्दरीप्रति छड्के नजर लगाउने आरोप कर्मचारी स्रोतले नै लगाउने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *