ओरालो लाग्दै कांग्रेस

राजनीति समाचार

काठमाडौं । आफ्नै संगठनलाई वैधानिक बनाएर चलाउन नसक्ने नेपाली कांग्रेसले अरुलाई के शिक्षा देला ? नेपाल विद्यार्थी संघ र नेपाल तरुण दललाई अलपत्र बनाएर कांग्रेसका युवा नेताहरु पार्टी सभापति शेरबहादुर देउवाको ओत लागेर लुट्न सक्रिय भए यतिखेर कांग्रेस भित्र संगठन सुदृढीकरणमा कोही किन लागेका छैनन् ।

सभापति शेरबहादुर देउवाको दोस्रो कार्यकाल विवादरहित भएन । सभापतिका अर्का प्रत्याशी डा.शेखर कोइराला सुझाव दिन्छन् सभापति सुन्छन् तर काम केही हुँदैन । युवा महामन्त्रीद्वय गगन थापा आफै भ्रष्टाचारमा जोडिएकोले उनको दम्ब घटेको छ। अर्का महामन्त्री विश्व प्रकाश शर्मा झण्डा हल्लाउने ठाउँमा पुगेनन् । शर्मालाई झापामै थन्को लगाउने कुटिल जालमा पारङ्गत माननीय कृष्ण सिटौलाको तेस्रो धार पनि खिया लागेको छ । पार्टीको गोदावरीमा सम्पन्न महासमिति बैठकले केन्द्रीय समितिलाई दिएका कामलाई समेत वैधता दिन नसकेको त्यो कांग्रेसमा भगिनी संगठनहरूले न्याय पाउने ठाउँ भएन । सभापति देउवा केन्द्रित अधिकारलाई विधानमै व्यवस्था हुँदा पार्टीकै कोषाध्यक्ष समेत चयन भएको छैन ।

केन्द्रीय सदस्यहरूको मनोनयन र विभागहरूको पूर्णताका कुरामा नेतृत्वकै असक्षमतालाई झल्काउँछ । कांग्रेस सप्रिन र सपार्न वर्तमान विधानमा सभापतिको एकाधिकार पदाधिकारीहरुमा भागबण्डा लगाउनुपर्ने अवस्था छ । केन्द्रीय सदस्य पार्टी बैठकमा पार्टी कार्यालय पुगेपनि नेतृत्व तहका अधिकार सम्पन्न नेताहरूको ठाउँमा कार्यालयको सचिव सर्वेसर्वा हुनुपर्ने व्यवस्था पहिलेदेखि छ । यो सुस्तताको अन्त कांग्रेस चाहँदैन भने त्यस्तो पार्टीले गृहमन्त्रीको सहकारी ठगी प्रकरण र राज्य चालकहरुबाट भएका र हुने तरखरका भ्रष्टाचारमा कसरी प्रहार गर्ला ?

कांग्रेस आफै ठूलाठूला भ्रष्टाचार काण्डसँग जोडिएको छ । राष्ट्रिय सम्पत्तिमा कांग्रेसी दोहन गर्ने शैली सिकेको नेकपा एमालेले वाइडबडी भुक्तानी नेपाल ट्रस्ट, हुकाम, थामसेक हुँदै सेक्युरिटी प्रेस र गिरिबन्धुसम्म आउँदा भ्रष्टाचारको ग्राफ बढायो । लोकतन्त्रको सिंह जुरो पलाउँदैन । कांग्रेस र एमालेको व्यवहार बुझेर माओवादी पनि मुछिएको छ । जहाँ संसदको सभामुख उपराष्ट्रपति जस्ता संवैधानिक पद नै जोडियो । अर्थमन्त्री वर्षमानको पनि नाम छँदैछ ।
कांग्रेसलाई सत्ता चाहिएको छ । एमालेका अध्यक्ष केपी ओलीको धुर्त व्यवहारका कारण सहकारी ठग रवि लामिछानेलाई तह लगाउन फेरि सरकारको रुप फेरियो भने नौलो हुँदैन । किनकि यो सरकारको काम मन्त्रीका भिड बढाउने जनता चिढाउने र व्यवस्था धरासायी बनाउनकै लागि भएको हो । यहाँ कांग्रेसका गगनको केही लाग्ने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *