उचाल्ने ओली भाग खोज्ने रवि र सिके

राजनीति समाचार

काठमाडौं । हामी पढेका स्वच्छ कांग्रेस एमाले भ्रष्ट हामी जानेका उनीहरू नजानेका यस्तै फन्टुस गफ दिएर संसदमा २१ सिट प्राप्त गरेको रास्वपा र त्यसका सभापतिको जनता ठग्ने कला सिकेर एमाले अध्यक्ष केपी ओली सरकारभित्र भाँडबैलो खडा गर्दैछन् । संयुक्त सरकारको भावना विपरीत एमाले अध्यक्षले ११ देशका कांग्रेसी राजदूत फिर्ता गरी आफूले आठ राजदूत राखे र रास्वपाका ठग रवि लामिछाने र जनमतका सीके राउतलाई पनि भड्काउँदै छन् । उता माधव नेपाललाई वास्ता नगर्ने केपी ओलीको घमण्डले पनि संकट थपेको छ ।

एमालेको नियत संयुक्त सरकारको मूल्य मान्यता विपरीत छ । केपी ओली आफू नछाड्ने अरुलाई जेसुकै होस् भन्ने व्यवहार देखाउँछन् । ओलीको पार्टीलाई सबै छाड्न माओवादी तयार हुन सक्दैनन् । किनकि यो परिवर्तनको वाहक माओवादी हो । संविधानसभा गणतन्त्र समावेशिताको एजेण्डा हुन् । एमालेका अध्यक्ष केपी २०६२÷६३ को जनआन्दोलनका विरोधी हुन् । त्यसैकारण पहिला संविधानसभामा हार खाए । दोस्रो पटक माओवादीले नै जितायो । ओली आफु बिगार्ने अरुलाई हकार्न सफल छन् । यसपटक उनले ८ देशका राजदूत आफू नछाड्ने नपाए सत्ता छाड्ने घुर्की लगाए । उनको यो घुर्कीमा रास्वपाका ठग रवि पनि जोडिएका छन् । ६ सिटे सिके राउत उपप्रम र परराष्ट्रमन्त्रीको दाबेदारसमेत भएका छन् ।

राजनीतिक नियुक्ति सबै कब्जा गर्ने एमालेका अध्यक्ष ओलीको दाउ छ । जनताको समस्यामा ध्यान छैन । भ्यु टावर पाइप ग्यास पानी जहाज जस्ता फाल्टु योजना यसपटक बजेटमा परेन ओलीको रिस त्यसैमा हो । नक्कली भुटानी प्रकरणको दोस्रो चरण छानबिन भएन । गिरिबन्दीको लुट वैधानिक बनाउन एमाले कानुनमन्त्री र भूमिसुधारमन्त्री खटाएका छन् । वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसक्नुको कारण यस्तै कुराले हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *