रविका बिचौलिया छटपटाउन थाले

राजनीति समाचार

काठमाडौं । जिल्लामा संगठन छैन । कांग्रेसका भ्रष्ट नेतासँग रिसाएका एमालेको विभाजनले अलपत्र परेका र स्थानीय चुनावमा दोहो¥याएर वडा अध्यक्ष र सदस्यको टिकट नपाएकाहरुबाट पढेका र जान्नेहरुको पार्टी कसरी टिकोस ? समयको वेगले किर्ते नागरिकता र पासपोर्ट काण्डले उदांगो भएका सहकारी ठग गृहमन्त्री रवि लामिछानेको आचारणले रास्वपा समाप्त भएको छ । उनका निकटले त्यो देखेका छैनन् । देशमा कर्म गर्ने कानूनको ख्याल नगर्नेहरु जनताका बिचमा वर्षे भेल हुन् ।

रञ्जु दर्शना काठमाडौंका पानीमा डुबेर एकाएक हराइन । विवेकशील साझा पार्टीका सुमन पाण्डे एक्लै लडेका छन् । जीवनभरको दरबारिया रविन्द्र मिश्र, जनताले नपत्याए पनि पढेलेखेकालाई धोका दिँदै गणतन्त्रमा पनि राजालाई स्पेश देउ भन्ने पूर्वपञ्चहरुसँग जोडिए, राजनीतिक सुझबुझ नभएका संचारकर्मी बनेर पत्रकारिताका आचारसंहिता विपरीत पत्रकारिताबाट चर्चामा आएका रवि शालिक पुडासैनी मृत्यु दुरुत्साहन काण्डमै जेल पर्नुपर्ने पात्र हुन् ।

तर नेपालको लोकतन्त्रले समाजमा कानून विपरीत काम गर्ने ठग र अपराधी माथि कारबाही नगर्दा रविहरु सत्ताको मोलतोलका अंशियार भएका हुन् । संसदवादी कांग्रेस र एमाले जंगलबाट गणतन्त्रवादी भएका गुरिल्लाहरु अपराध कर्ममा रमाउँदै लोकतन्त्रको नाम भजाउँदैमा आफ्नो योजना व्यस्त छन् । कांग्रेस र एमालेको सत्ता र शक्तिको वरपर बस्न नचाहेको शक्तिले रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई स्थापित गरेको हो । तर ती पार्टीका नेतामा सत्ता र शक्ति केन्द्रीत छ ।

रास्वपाका रवि लामिछानेको सत्ता घमण्डभित्र सहकारी ठगी सम्बन्धी उजुरीको चाङ जिल्ला प्रहरीले थन्को लगाएर गृहमन्त्री रविलाई बचाउन खोज्दा पार्टी देशव्यापी रुपमा घट्दो अवस्थामा पुगेको कुरा महासचिव डा. मुकुल ढकल बताउँछन् । चैतमा सम्पन्न चुनावले इलाम दुईमा त्यो पार्टीको जमानत जफत हुँदा पानीको गहिलो फुटेझैँ भएको हो । सभापति रविका निकटहरुले महासचिव डाक्टर मुकुल ढकालविरुद्ध कारबाही गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *