माओवादीबाट फाइदा लिँदै सत्ता परिवर्तन

राजनीति समाचार

काठमाडौं । संयुक्त सरकारको कार्ययोजनातर्फभन्दा कुटनीतिक क्षेत्र, अदालत, प्रशासनजस्ता ठाउँमा आफ्नो प्रभुत्व जमाएर माओवादीलाई बद्नाम गराउन नै एमाले अध्यक्ष केपी ओलीको डिजाइन छ भन्ने कुरा लुक्न सकेन । देउवा ओलीको ३ घण्टा वार्ता पनि त्यही हो । देशको आवश्यकता र जनताको बाध्यताका बारेमा एमालेका अध्यक्षलाई चासो छैन । केपी ओलीले लगाएको समृद्धि र विकासको नारा अहिले बेपत्ता छन् । घरघरमा ग्यास पाइप, मेट्रो रेल, मोनो रेल, पानीजहाज, केरुङ–काठमाडौं, काठमाडौं भैरहवा रेलजस्ता अध्ययन बिनाका योजनाको भरमा नेकपाको ३ वर्षे शासन चल्यो । त्यसले केही लागू गर्न सकेन ।

संविधानको मर्म र भावनामाथि प्रहार गरेर संसद विघटन गर्ने ओलीको व्यवहारलाई सहयोग गर्ने काम तत्कालीन राष्ट्रपतिबाट भयो । तिनै राष्ट्रपतिलाई पार्टी सदस्य नवीकरण गराएर पुन राजनीतिमा तान्ने काम एमालेको एउटा पंक्तिले गरेको छ, जुन पंक्ति केपी ओलीबाट प्रताडित छ । ठाउँको मर्यादा नराख्दा अपराध कर्ममा सहयात्रीले ठाउँ पाउँछन् । यसपटक एमालेका अध्यक्षले प्रधानमन्त्रीलाई दबाब दिएर आठ देशका राजदूत एमालेको भागमा पारेका छन् । संसदमा एमालेको अगाडि सारेका व्यक्तिको चर्को विरोध भएको छ ।

सरकारले नेतृत्व गरेको पार्टीलाई ठाउँ नै नदिने साना मन्त्रालय लिएको भन्ने तर सहकारी ठगलाई गृह मन्त्रालय दिएपछि केपी ओलीको डिजाइनले यो मुलुकमा कम्युनिस्ट पार्टीको इज्जत रहेको छैन । नेकपाको कार्यकालमा आर्थिक क्षेत्र सुधारेको भए त्यो सुधारमा बाधा पर्ने अवस्था थिएन । तर कम्युनिस्टको नाममा न्यायालय कब्जा गर्ने कुटनीतिक क्षेत्र भत्काउने सामाजिक संरचना माथि खेलवाड गर्ने प्रवृत्ति जसरी मौलाएको छ, यो सत्य केपीलाई बुझाउने सल्लाहकार छन् कि छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *