प्रहरीमा रविको पाँडे पजनी

राजनीति समाचार

काठमाडौं । काठमाडौँ गृहमन्त्रीको पार्टीको खेलौना बन्ने प्रहरी अधिकृतहरूको शैली र स्वभावले देशकै सुरक्षा संयन्त्र ध्वस्त बन्दैछ । २४ घण्टे एआईजी बनाउने प्रतिस्पर्धामा पहिले बसन्त लामा सफल थिए । आज उपत्यका ट्राफिक प्रहरी कार्यालयका पोषराज पोखरेल सफल बन्दैछन् । गृहमन्त्री लामिछानेका कानुनी मास्टर दरबारिया वरिष्ठ अधिवक्ता सुशील पन्तका भान्जा डिआइजी पोखरेलले असार २१ मा अवकाश हुँदा असार २० गते खाली हुने एआइजी पदमा फुली लगाउने भएका हुन् ।

प्रहरी नेतृत्वलाई कमजोर बनाउन एआइजी श्याम ज्ञवाली, भीम ढकाल निकै लागेका छन् । तर बहुमत एआइजीहरूले संरचना बिग्रिन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओलीसँग वास्तविकता बताएपछि गृहमन्त्रीको श्याम ज्ञवालीलाई आइजीपी बनाउने योजना असफल भएको हो । भदौ २६ मा ३० वर्षे सेवाबाट अवकाश पाउने श्याम ज्ञवालीले नक्कली भुटानी शरणार्थी काण्डको मात्र होइन सहकारी पीडितका आक्रोशमाथि खेलेका छन् ।
गृहमन्त्री रवि लामिछाने स्वयंले सरुवा बढुवामा चासो नदिएको नियमले सरुवा बढुवा भएको बताएका छन् ।

तर व्यवहार त्यस्तो छैन । प्रधानमन्त्री भन्दा गृहमन्त्रीका लागि केपी ओली संरक्षक र निर्देशक बनेका कारण सरकारलाई बदनाम बनाउने काम भएको हो । प्रहरीका एआइजीहरु दीपक थापा, सुदिप गिरी, टेकराज राई, किरण बज्राचार्य, उमेश जोशीहरु एक ठाउँमा भएका छन् । गृहमन्त्रीका विश्वासी भएका श्याम ज्ञवाली र भीम ढकालको लिगलिगे दौड सफल नभए पनि २४ घण्टे आइजी बन्ने पोखरेलको इच्छा पूरा भएको छ । गृहमन्त्री रविको टिम क्रमश किनारा लाग्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *