दधिकोट खानेपानीमा गठबन्धन र एमालेको भिडन्त

राजनीति समाचार

भक्तपुर । दधिकोट सहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको साधारण सभा सम्पन्न भइसकेको छ । दधिकोट ४ स्थित उक्त खानेपानी खानेपानी उपभोक्ता समितिको यही असार २९ गते निर्वाचन हुँदै छ । यो अधिवेशनमा ६ वटा दलहरु एकातिर लागेका छन् भने एमाले प्यानलसहित एक्लै भिड्दै छ । यता कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, रास्वपा र राप्रपा नेपाल गठबन्धन गरेर एमालेसँग प्रतिस्पर्धा गर्दै छन् । त्यो पनि १३ वर्षको अन्तरालपछि उपभोक्ताको हस्ताक्षर संकलन गरेर साधारणसभा बोलाइएको थियो ।

सो खानेपानी उपभोक्ता समितिमा विगत १३ वर्षदेखि एमालेले एकछत्र राज गरिरहेको थियो । त्यसको बाबजुद पनि उपभोक्ताहरुको दबाबमा साधारण सभा सम्पन्न भएको छ । त्यो सभाले आगामी २९ गतेको लागि निर्वाचन गर्ने मिति तय गरेको छ । आगामी २९ गते हुँदै गरेको निर्वाचनमा अध्यक्षको लागि तीन जनाले प्रतिस्पर्धा गर्दै छन् । प्रतिस्पर्धा गर्नेमा एमालेबाट कृष्ण खड्का, गठबन्धनको तर्फबाट कांग्रेसका श्रीकृष्ण विष्ट र स्वतन्त्रबाट श्यामकृष्ण खड्का रहेका छन् । ंगठबन्धनको तर्फबाट अध्यक्ष श्रीकृष्ण विष्ट, खुल्ला उपाध्यक्ष दामोदर सुवेदी, महिला उपाध्यक्ष मन्दिरा बाँस्कोटा, सचिव श्यामकृष्ण श्रेष्ठ, कोषाध्यक्ष भरत कुमार खड्का, सहसचिव लेखनाथ सुवेदी, महिला रिता खत्री कार्की, लिलादेवी विमली संग्रौला, उषा घिमिरे, खुल्ला सदस्यमा सुदन खड्का र दिलीप राजथला रहेका छन् ।

त्यसैगरी दक्षिण बाराही वितरण प्रणालीका संयोजकमा केदार प्रसाद चापागाईं, सदस्य संगीता खड्का न्यौपाने, साधादेवी बस्नेत, जनार्दन तिमिलसिना, खेल बहादुर श्रेष्ठ केशव रहेका छन् । शिकारीटार वितरण प्रणालीका संयोजकमा साधुराम थापा, सदस्यहरुमा पुनम खनियाँ, सुमित्रा शर्मा सुवेदी, शिवहरि पोखरेल, कान्छाराज उतुवार रहेका छन् । त्यस्तै तर्खगाल वितरण प्रणालीमा संयोजक गणेश प्रसाद न्यौपाने र सदस्यहरुमा मञ्जु खड्का, उमा शर्मा राई, सुरेश मानन्धर, सुनिल ढकाल रहेका छन् । अनन्तलिंगेश्वर वितरण प्रणालीमा संयोजक दामोदर डोटेल र सदस्यमा बिना अधिकारी, रमिला श्रेष्ठ, उत्तम न्यौपाने र अष्टलाल मानन्धर रहेका छन् । उता, एमालेबाट अध्यक्षमा कृष्णहरि खड्का, खुल्ला उपाध्यक्ष वासुदेव बस्नेत, महिला उपाध्यक्ष भगवती सिवाकोटी, सचिव राजन प्रजापति, सहसचिव धर्म बहादुृर श्रेष्ठ, कोषाध्यक्ष रामकृष्ण पोखरेल महिला सदस्यहरुमा अस्मिता थापा, सलिना खड्का, इन्द्रकुमारी भट्टराई र खुल्ला सदस्यमा उमेश रिसाल र श्याम विष्ट रहेका छन् ।

त्यसैगरी अननन्तलिंगेश्वर खानेपानी वितरण प्रणालीमा संयोजक गोपी न्यौपाने, सदस्यमा रोसनी नगरकोटी, लक्ष्मी नेमाफुकी, राजकुमार कार्की र किरण श्रेष्ठ रहेका छन् । तर्खगाल खानेपानी वितरण प्रणालीको संयोजकमा सन्तोष कार्की, सदस्यहरुमा तारा पौडेल, राजेश्वरी श्रेष्ठ, विष्णु खत्री र इच्छाराम राउत रहेका छन् । त्यसैगरी दक्षिण बाराही वितरण प्रणालीका संयोजकमा मनिष कुमार उपाध्यक्ष ढुंगेल र सदस्यमा सुमित्रा कुमारी मैनाली, जानकी पुलामी, सानुकाजी थापा, कमल बहादुर श्रेष्ठ रहेका छन् । त्यस्तै सिकारीटार वितरण प्रणालीका संयोजकमा निरन्जन राजथला (रञ्जन) र सदस्यमा संगीता कटवाल, रिता दहाल, विष्णुप्रसाद पौड्याल र रुपक श्रेष्ठ रहेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवारमा श्यामकृष्ण खड्का अध्यक्ष, अम्मर श्रेष्ठ उपाध्यक्ष, हरिबहादुर खड्का सचिव र सदस्यहरुमा दीपकराज थापा लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *