भावी सेनापतिको लागि फेरि विवाद

राजनीति समाचार

काठमाडांैं । नेपालका राजनीतिक दलदेखि सुरक्षा निकाय, पत्रकार, वकिल, प्राध्यापक, बुद्धिजीवीलगायत जिम्मेवार निकायमा पुगेका व्यक्तिहरु कुनै न कुनै विवादमा नपरेका छैनन् । कसैलाई नक्कली सर्टिफिकेट प्रयोग गरेको आरोप लाग्छ, कसैलाई शैक्षिक योग्यता र दोहोरो नागरिकता, कसैलाई नैतिक पतन त कसैलाई भ्रष्टाचारको आरोप नलागेको हुँदैन ।

त्यस्तै अधिकांश संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु पनि विभिन्न आरोपमा मुछिएको पाइन्छ । उता सुरक्षा निकायभित्र सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र गुप्तचर प्रहरीभित्र पनि कहिले नक्कली शैक्षिक प्रमाणपत्र र नागरिकतामा उमेर हदको विवाद चल्ने गरेको छ । त्यसैगरी नेपाली सेनाभित्र विगत लामो समयदेखि शैक्षिक प्रमाणपत्र र नागरिकतामा उमेर हदको विवाद चल्दै आएको छ । त्यस कारणले सुरक्षा निकायभित्रका कतिपय उच्च पदस्थ कर्मचारीहरुले बिचैमा राजीनामा दिने र जागिर छाड्ने क्रम बढ्दै छ ।

उता नेपाली सेनाभित्र नक्कली सर्टिफिकेट र नागरिकताको विवाद चलिरहेको छ । आगामी भदौमा प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल पुरा हुँदै छ । प्रभुराम शर्मापछि भावी सेनापति बन्नको लागि केही उपरथीहरु दौडधूपमा लागिपरेका छन् । विगत लामो समयदेखि अशोक सिग्देल र ताराध्वज पाण्डेबीच घम्साघम्सी चलिरहेको थियो । त्यही नागरिकता र नक्कली सर्टिफिकेटको विषयलाई लिएर विवाद चल्दा ताराध्वज पाण्डेले राजीनामा दिएका थिए ।

अशोक सिग्देलको बारेमा प्रधान सेनापतिले संसद्मै जवाफ दिएपछि उनीको बारेमा विवाद सेलाउँदै गएको थियो । त्यो समाचार तामाकोशी सन्देश साप्ताहिकले ‘भावी सेनापति बन्न भिडन्त, कीर्ते काण्डले हलचल’ शीर्षकमा २०८० मंसिर १३ गते वर्ष १३ अंक १३ मा सम्प्रेषण गरेको थियो । त्यसपछि नागरिकतामा जन्ममिति केरमेट गरेको आरोपमा अशोक सिग्देलविरुद्ध अख्तियारमा उजुरी परेको समाचार पनि तामाकोशी सनदेश साप्ताहिकले ‘सिन्देललाई भावी सेनापति बनाउन माफियाँको दौडधूप’ शीर्षकमा मंसिर २० गते वर्ष १३ अंक १४ मा अर्को समाचार सम्प्रेषण गरेको थियो ।

अहिले फेरि आएर भावी सेनापतिको लागि अशोक सिग्देलको नागरिकताकै विषयलाई लिएर विवादमा तानिएका छन् । अब भावी सेनापति अशोक सिग्देलनै हुन्छन् कि अन्य उपरथीहरु ? तर, केही उच्च तहका सेनानीहरुले अशोक सिग्देललाई नागरिकता विवादमा ल्याएर आरोप मात्रै लगाएको भन्ने हल्ला पनि छ । त्यसको वास्तविकता के हो भन्ने अहिलेसम्म सार्वजनिक भइसकेको छैन । तर, भावी सेनापतिको लागि अशोक सिग्देलसँगै अन्य रथीहरुको भित्री रुपमा दौडधूप चलिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *