एमाले अध्यक्ष ओलीले कांग्रेस–माओवादीलाई जालमा पार्दै

राजनीति समाचार

रामचन्द्र बस्नेत
नेपालका वामपन्थी दलहरु बोल्ने बेलामा एउटा र गर्ने बेलामा अर्कै काम गर्दछन् । वामपन्थीहरुको यो रवैयाले गर्दा वामपन्थी शक्तिहरु नै छिन्नभिन्न भएर अस्तित्वबाट नामेट हुने दिशातिर उन्मुख हुँदैछन् । हुन त नेपालका वामपन्थी दलहरुलाई दक्षिण छिमेकी भारत अन्य विकसित मुलुकहरुले त्यति मन पराउँदैनन् । उत्तरी छिमेकी चिनले नेपालमा वामपन्थी शक्तिलाई अगाडि बढाउन खोजे तापनि त्यो अहिलेसम्म सफल हुन सकेको छैन । विगत केही वर्ष अगाडि माओवादी र एमालेलाई मिलाएर नेकपा बनाइदिएको थियो ।

त्यो वामपन्थी एकतालाई दक्षिणपन्थीहरुले छिन्नभिन्न बनाइदिए । अहिले पनि छिमेकी मुलुक चिनले वामपन्थी विचार राख्नेहरुलाई एक ठाउँमा उभ्याउने प्रयास गर्दागर्दै एक्कासी दक्षिणपन्थीहरुले त्यसलाई भाड्ने काम गरेका छन् । दक्षिण छिमेकी देश भारतले हालका प्रधानमन्त्री प्रचण्डलाई केही समर्थन गरे तापनि प्रचण्ड सरकारलाई छिन्नभिन्न बनाएर एमालेलाई कांग्रेससँग मिलाउने काम गरेको छ । यो गर्नु भनेको उत्तरी छिमेकी चिनलाई विफल बनाउनु हो । अब एमाले बाहेकका वामहरु एक ठाउँमा आउँछन् कि आउँदैनन् त्यो प्रतिक्षाको विषय बनेको छ । तत्कालीन कांग्रेसँगको गठबन्धन सरकारको पालामा माओवादी अध्यक्ष प्रचण्डले एमाले बाहेकको वामपन्थी मोर्चा बनाएका थिए ।

त्यो मोर्चा कुन अवस्थामा छ भन्ने कसैलाई जानकारी छैन । माओवादीलाई कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग गठबन्धन गराउन पनि केही छिमेकी मुलुकहरु नलागेका होइनन् । तर, एमाले र माओवादीलाई छिन्नभिन्न पार्ने काम पनि भित्रभित्र हुँदै थियो । नभन्दै माओवादीसहित अन्य वापमन्थी र स्वतन्त्रको समर्थनमा सरकार ढाल्ने काम भएको छ । एमाले अध्यक्ष केपी ओली कतिखेर कहाँ बिक्छन् थाहा पत्तै हुँदैन । केपीको सिको गर्दै माओवादी अध्यक्ष प्रचण्ड पनि सत्ता र शक्तिको लागि नविकेका होइनन् । प्रचण्ड त झन् छिन्छिन्मा बिक्ने गर्दछन् ।

प्रचण्डको सिको गर्दै एमाले अध्यक्ष केपी ओली छिन्छिन्मा बिक्ने, बोली फोर्ने र उखानटुक्काबाट नेपालीलाई हँसाउने ओलीको बानी नै हो । ओलीको त्यो बानी कहिलेसम्म सफल हुने हो त्यो निश्चित छैन । उनी कहिले वामपन्थी एकता गर्ने भन्छन्, कहिले नेपालमा वामपन्थी एकताको सम्भावना छैन भन्छन् त कहिले कांग्रेस र माओवादीसँग गठबन्धन गरेर सत्तामा पुग्छन् । त्यति मात्रै होइन तत्कालीन नेकपाको दुई तिहाई हाराहारी बहुमतको सरकारको नेतृत्वमा हुँदा नेपाली जनतालाई छक्याउनको लागि कालापानी र लिम्पिया धुरा समेटिएको चुच्चे नक्सा सार्वजनिक गरेर तमासा देखाएका थिए ।

त्यो नक्सा अहिलेसम्म पुस्तक र कुनै सार्वजनिक स्थालमा राखिएको छैन । त्योसँगै केही समय अगाडि लिम्पियाधुरा समेटिएका चुच्चे नक्सा रुपैयाँ दरको नोटमा राख्ने भ्रम पनि फैलाए । यस्ता बहुरुप धारण गर्ने केपी ओली नेतृत्वको राष्ट्रिय सरकारले आगामी दिनमा कस्तो काम गरेर अगाडि बढ्ने हो त्यो हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *