थिति सुधार्न नसक्दा डा.शेखर वाक्क

राजनीति समाचार

काठमाडौं । म ताक्छु मुढो, वञ्चरो ताक्छ घुँडो भनेजस्तै भएको छ संसदको ठूलो दल नेपाली कांग्रेसको । विधिसम्मत ढंगले पार्टी चलाउन सभापति देउवालाई सुझाव दिएका वरिष्ठ नेता डा.शेखर कोइरालालाई संस्थापन पक्षले पेल्न सक्ने ठाउँ पनि छैन, किनकी उपसभापति, १ महामन्त्री, १ सहमहामन्त्री उनकै छन् । संस्थापनका पदाधिकारीहरु बुहमतमा छैनन् र पनि केन्द्रीय समिति पूर्वपदाधिकारीको आडमा शेरबहादुर पक्षले आफ्ना योजना चलाएकै छ । पार्टीमा पेलने र पेलिने गर्नुहुँदैन भन्ने मतका अर्का उपसभापति पूर्णबहादुर खड्काको तर्कलाई सहज रुपमा नलिँदा घोषणा भएका नयाँ ४१ वटा विभागले पूर्णता पाउन नसकेको अवस्था छ । कांग्रेस सरकारमा आएपनि संस्थापनले शेखर गुटलाई पेल्दैछ ।

डा.शेखरलाई संस्थापन भन्दा आफ्नै टिमबाट चुनाव जितेर महामन्त्री भएका गगन थापा बाधक बन्दैछन् । थापा संसदीय दलको नेतामा चुनाव लड्दा आफ्नै टिमका ३५ सांसदले उनलाई मत दिएनन् । २२ जना सांसद थापाको पक्षमा हुँदा १३ जना सांसदले किन मत दिएनन् त्यसको समेत आन्तरिक छलफल भएन । अहिले डा.शेखर आफ्नै गृह क्षेत्रकै काममा व्यस्त छन् । शेखरलाई पार्टीका भातृ संगठनहरुको बिजोग देखेर मन खिन्न भएपनि आफुले दिएको सुझाव कार्यानवयन नहुँदा झन् निराश बनाएको देखिन्छ । कुरा सुधारका सबै गर्छन् तर काममा चासो धेरैको छैन । जिम्मेवारी बाँडफाँड भएको पनि छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *