कुरा लगाउँदै उकास्दै जनार्दन

राजनीति समाचार

काठमाडौं । अर्थमन्त्री बन्दा सिसिटिभीको तार काटेर रिपोर्ट उडाएका जनार्दन शर्मा अर्थमन्त्री बर्षमान पुनको खेदो खन्दै थिए । शर्माले आफू अगाडि नपरी कांग्रेसका डा. प्रकाशशरण महत, एमालेका डा. युवराज खतिवडाहरू मार्फत अर्थमन्त्री पुन विरुद्ध आक्रोश व्यक्त गर्न लगाएका हुन् । एमालेका केपी ओलीले च्यापेका डा. खतिवडा कांग्रेसकी आरजु च्यापेर यो देशको असफल अर्थमन्त्री बनाइएका थिए । व्यक्ति फरक, पार्टी फरक भएपनि उनीहरूको व्यवहार एउटै हो । कुनै पनि अर्थमन्त्रीबाट जनताको हितमा काम भएन । जनतालाई सेवा सुविधा दिन सकेनन् ।

डोके ठेलागाडा चलाउने नांगलो र डालामा बदाम बेच्ने, सडकमा मकै पोलेर वा भुटेर बेच्ने माथिसमेत राजस्व असुली, अत्याचार गरिएको लोकतन्त्रमा पूर्व र वर्तमान अर्थमन्त्रीहरु माफियाकै सेवक भएका छन् । करको दर हेरफेरका नाममा इन्धनबाट चल्ने गाडीलाई सहयोग पु¥याउन चिनियाँ विद्युतीय गाडीमाथि कर बढी लगाउने प्रवृत्ति यथावत छ । सरकार विद्युतीय उर्जाको खपत बढाउनुपर्छ भन्छ । अर्थमन्त्रीहरु विद्युतीय गाडी भरसक नभित्रिउन भन्दै कर थप्छ । कम्युनिष्ट शासनको केपी कालमा नेपालमा राजस्वका दर धेरै हेरफेर भएका थिए ।

शैक्षिक सामाग्रीमा कर लगाएर शिक्षाका माफियाहरुलाई सघाएका डा.युवराज खतिवडाजस्ता अग्रवाल समूहका दोस्ती अहिलेका वर्षमान हुन सकेनन् । डा.आरजुका भाई भुषण राणाहरुको हितमा स्यानिटरी प्याडको राजस्व ५ प्रतिशत नेपाली उत्पादनलाई २५ प्रतिशत राजस्व लगाएर माओवादीको अर्थनीति जनार्दनले उदांगो बनाउँदा सीसीटिभीको तार काटिएको घटना छलाङ नै थियो । प्रधानमन्त्री प्रचण्डले रोल्पा र रुकुमका नेताहरुलाई पालो गरेर महत्वपूर्ण मन्त्रालय दिएपनि गरिबको हितमा उनीहरुको चासो छैन । गरिबकै राजनीति गरेर गरिबकै साथ लिएर ११ वर्षसम्म संघर्ष गरेको पार्टी शान्ति वार्ताको १७ वर्षमा ध्वस्त हुँदा नेताहरु एकले अर्कालाई सघाउनुको सट्टा भित्रभित्र लडाइँ गरेको कार्यकर्ताले रुचाएका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *