निवर्तमान मुख्यसचिवको यस्ता छन् कतुर्त

राजनीति समाचार

काठमाडौं । जस्तो बाबु उस्तै छोरा उखान त्यस्तै बनेको होइन । चोरबाटोबाट निजामती प्रशासनको उच्च पदमा पुगेका बैकुण्ठ अर्यालको बुवा रघुनाथले समेत पदमा रहँदा गडबडी गरेको रहष्य अहिले सार्वजनिक हुँदैछ । २३ बर्षदेखि बैकुण्ठ अर्यालको बाबुले एउटा गम्भीर बदमासी गरेपछि कारवाहीको डरले जागिरबाटै राजीनामा दिएर भागेका थिए । उनकै छोरा अहिले एक‑दुईवटामात्र होइन एकै पटक ६-६ वटा भ्रष्टाचार मुद्धामा डामिएका छन् । आइटी माफिया विकल र सुनिल पौडेलको कृपाबाट मुख्य सचिवको कुर्सी पाएका उनी तिनै विकल र सुनिलका कारण भ्रष्टाचार मुद्धा खेप्दै अहिले निलम्बिन भोगिरहेका छन् । उनी छिट्टै मुद्धा जितेर काममा फर्कने दावी गरे पनि अन्तशुल्क स्टिकरमात्र नभई यस्तै अरु पाँच मुद्धा समेत उनीमाथि चलिरहेको कारण विशेषबाट मुद्धा जितेर काममा फर्कनेमा उनकै सहकर्मीहरु नै विश्वस्थ छैनन् ।

२०५७ सालमा उनका बाबुले गरेको एउटा निर्णयलाई न्यायीक विचलनका रुपमा हेरिएको थियो । अहिले छोरामा प्रशासनिक विचलन आएको निकटवर्तीहरु बताउँछन् । बैकुण्ठका बाबु रघुनाथ न्यायधीश थिए । उनले गरेको एउटा फैसलाप्रति न्यायपरिषद्ले कारवाही गर्ने तयारी गरेपछि कारवाहीबाट जोगिन हतार हतार राजीनामा दिएका थिए । २०५७ सालतिर शिद्धबाबा घुम्न आएका २ जना भारतीयमध्ये एकजना भीरबाट खसेर मरेपछि अर्को साथीले नियतवस भीरबाट झारेर मारेको प्रहरी अनुसन्धानबाट पुष्टि भएपछि पाल्पा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भयो ।

तर, विदेशी नागरिक त्यो पनि ३ वर्षभन्दा बढी कैद सजाय माग दावी भएको कर्तव्य ज्यान मुद्दामा तत्कालीन जिल्ला न्यायाधीश रघुनाथले धरौटीमा छाड्ने आदेश दिएका थिए । त्यो आदेशविरुद्ध न्याय परिषद्मा गम्भीर न्यायिक विचलनको आरोपमा उजुरी परेपछि उनीमाथि छानबिन प्रक्रिया अघि बढ्यो । छानबिन समितिले न्यायाधीश रघुनाथलाई बर्खास्त गर्ने तयारी गरेपछि जागिर जाने निश्चित जस्तै थियो । त्यसको सुईको पाएका जिल्ला न्यायाधीश रघुनाथले पेन्सन जोगाउन र कारबाहीबाट जोगिन २०५८ वैशाख ५ गते न्यायाधीश पदबाट राजीनामा दिएर हिडेका थिए । तर बैकुण्ठले यस्तै बदनामी खेप्दा समेत राजीनामा समेत नदिइ बस्दा सरकारले निमित्त मुख्य सचिवको भरमा काम गराइरहनु परेको छ ।

उता बैकुण्ठ मुख्यसचिव हुँदा दश भाई सचिवहरुको चकचकी थियो । आफ्ना यारहरुलाई मुख्यसचिव अर्यालले मालदार ठाउँमा फिट गराएका थिए । यसरी बैकुण्ठको आर्शिवाद पाउने भाग्यमानी सचिव हुन मुकुन्द निरौला,जो दुई दिन पनि उपराष्ट्रपतिको कार्यालयमा नबसी सिधै संघीय मामिला तथा सामान्य प्रशासनमा आइपुगे र आर्थिक बर्षको अन्त्यमा अन्धाधुन्ध ढङ्गले कर्मचारी सरुवाको धन्दा चलाए । उनीझैं तँ तँ र म म चल्ने अर्काे सचिव मधु मरासिनीलाई २३ करोड भ्रष्टाचार मुद्धामा सफाई पाएको पूर्ण पाठ नआउँदै अर्थ मन्त्रालयमा फिट गराए ।

यस्तै भरत अर्र्याललाई परराष्ट्रबाट राजदूत बनाएर पठाउनमा समेत बैकुण्ठको मुख्य भूमिका थियो भन्नेहरु छन् । बैकुण्ठ अर्याल मुख्य सचिव हुँदा नेपालको सार्वजनिक प्रशासनमा हुलाक सेवाका कर्मचारीहरुको चकचकी थियो । नेपालको प्रशासनिक क्षेत्रमा एकै पटक हुलाक सेवाबाट आएका १६ जना सचिवको भूमिकामा पुगेका हुन जसमध्ये केही अवकाशमा गए,तीन जना बहालरत छन्,एकको मृत्यु भइसकेको छ । तिनैमध्येका बैकुण्ठ अर्याल मुख्य सचिवको कुर्सीमा पुगेर अहिले भ्रष्टाचार मुद्धा खेप्दैछन् ।

एक जना लाई सचिवबाट अवकाश लगतै राजदूत बनाएर खटाइएको छ,बाँकी रिटायर्ड लाइफ बिताउँदै छ । ०४९ सालमा हुलाकसेवाबाट प्रशासनतिर आएका १६ भाइमध्येकै हुन जयमुकुन्द खनाल,बिष्णु लम्साल,राजन खनाल,रामप्रसाद थपलिया,पुर्णचन्द्र भट्टराई,बिष्णु नेपाल,शान्तराज सुवेदी,बिनोद प्रकास सिंह,गोपीनाथ खनाल,महेन्द्र गुरागाई,बैकुण्ठ अर्याल,भरतराज पौड्याल र केवल प्रसाद भण्डारीहरु हुन । तिनैमध्येका राजन खनाल,शान्ताराज सुवेदी,बैकुण्ठ अर्याल,भरत पौडेल,मधुकुमार मरासिनीहरुले अर्थ र राजश्वबाहेक दाया बाया हुनु परेन । सदैव अर्थ र राजश्व कार्यालयहरुमा घुमेर जागिर खान सफल भएका थिए । जागिरे जीवनमा राज्यको कम विचौलियाहरुको बढी सेवा र सुश्रुषा गर्दा अहिले बैकुण्ठ निलम्बित छन् । उनको ललितपुरमा रोपनी जग्गामा फैलिएको भव्य बंगला देख्न सकिन्छ । यस्तै विचौलियाहरुकै सेवा गरे वापत उक्त बङ्गला खडा गर्न सफल भएको चिन्ने र जान्नेहरु सुनाउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *