सिइओ पौडेलकै कारण (केयुकेएल) लथालिङ्ग

राजनीति समाचार

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) पछिल्लो समयमा आएर भद्रगोल अवस्थामा पुगेको छ । अशोक पौडेल उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को सिईओ भएपछि झन् लथालिङ्ग अवस्थामा पुगेको छ । सिईओ पौडेललाई खानेपानी सम्बन्धी कुनै पनि प्राविधिक ज्ञान छैन । पहिला नेपाल राष्ट्र बैंकमा जागिर खाँदा तत्कालीन गभर्नर युवराज खतिवडाको पिए बसेको अनुभवबाहेक उनीसँग अन्य प्राविधिक ज्ञान छैन भनिन्छ ।

खानेपानी लिमिटेडमा इन्जिनियरिङ्ग सम्बन्धी प्राविधिक ज्ञान भएको व्यक्ति सिईओ हुनुपर्नेमा त्यो नभई बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभवले खानेपानी लिमिटेड चल्न सक्ने अवस्था देखिँदैन । सिईओ पौडेलसँग प्राविधिक ज्ञान नभएको र खानेपानीका सिनियर प्राविधिकहरुले समसामयिक विषयमा उठाएका कुराको सम्बोधन नगरेको गुनासो त्यत्तिकै छ ।

पौडेल खानेपानी लिमिटेडको सिईओ भएपछि संस्था लथालिङ्ग हुँदै गएको अवस्थाले पनि त्यो देखाउँछ । २०८० भदौ महिनादेखि यता पाइप बिछ्याउने र मर्मत संभार गरेका ठेकेदारहरुले भुक्तानी नपाउँदा मजदूरहरुले पारिश्रमिक पनि पाएका छैनन् । खानेपानी लिमिटेडका तत्कालीन अध्यक्ष तिरेश खत्री जागिरबाट अवकास प्राप्त भएको तीन महिना बितिसक्दा पनि केयुकेएलले अध्यक्ष नियुक्ति गर्न सकेको छैन ।

अध्यक्ष नभएर बोर्ड बैठक पनि बस्न सकेको छैन । त्योसँगै अध्यक्ष नभए तापनि सिईओ पौडेलले उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले बोर्ड बैठक राख्न सकेका छैन् । उता, पानी सप्लाई गर्ने ट्यांकर व्यवसायीहरुले पानी ओसारपसार र ट्यांकर मर्मत गरेको भुक्तानी पाएका छैनन् । उपत्यकाभित्रका १२ देखि १५ वटा शाखाबाट ट्यांकर व्यवसायीहरुले भुक्तानी नपाएको गुनासो आइरहेको छ । तत्कालीन गठबन्धन सरकारको एमालेबाट राजेन्द्र राई खानेपानी मन्त्री बनेका थिए । राईले चार महिने कार्यकालमा पनि खानेपानी मन्त्रालयलाई चलायमान बनाउन सकेनन् ।

खानेपानी जस्तो सम्वेदनशील क्षेत्रलाई मन्त्री राईले कुनै भिजन र योजना ल्याएर चुस्तदुस्त सेवा दिन सकेनन् । मेलम्ची खानेपानी आयोजनालाई तत्कालीन मन्त्रीहरुले भन्दा फरक ढंगले काम गर्लान् र मेलम्चि आनेपानी आयोजनालाई सिस्टममा ल्याएर व्यवस्थित बनाउलान् भन्ने आशा उपत्यकाबासीले गरेका थिए । उपत्यकावासीले त्यो आशा गरे तापनि मन्त्री राईले कुनै माखो नमारी मन्त्रीबाट बाहिरिए ।

अहिले काठमाडौं उपत्यका खानेपाली लिमिटेड (केयुकेएल) मा एमाले निकट अशोक पौडेल सिईओ छन् । पौडेल सिईओ भइरहँदा (केयुकेएल)लाई चलायमान बनाउनुपर्नेमा उल्टै गुटबन्दी गरी पाइप बिछ्याएको र मर्मत संभारको भुक्तानी नदिएर संस्थालाई अलपत्र बनाइरहेका छन् । (केयुकेएल)ले अध्यक्ष कहिले पाउने र बोर्ड बैठक कहिले बस्ने त्यो पनि निश्चित छैन । ट्यांकर व्यवसायीदेखि मर्मत संभारको भुक्तानी कहिले पाउने हुन् त्यो प्रतिक्षाको विषय बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *