डाक्टर शेखरको सुझाव संस्थापनले लत्याउँदै

राजनीति समाचार

काठमाडौं । ठूला दल मिलेर संविधान कार्यान्वयनका अप्ठ्यारा हटाउनुपर्छ भन्दै आएका कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाका सुझाव पार्टी संस्थापनले लत्याएको छ । डाक्टर शेखर सरकारमा सहभागी भएपनि सरकारको नेतृत्व नलियोस् भन्दै छन् । सभापति देउवा भने एमाले अध्यक्ष केपी ओलीसँग आधा आधा समय प्रधानमन्त्री बन्ने सहमति गरेर संविधानको धारा ७६(३) अनुसार ठूलो दलको नाताले सरकारको नेतृत्व लिन आँट गरेनन् । उनी ७६(२) मै अडिग छन् ।
कांग्रेस संस्थापन भित्र डा.आरजु राणाको मनपरी छ ।

राणा उपप्रमसहित परराष्ट्रमन्त्री बनेकी छिन् । देउवालाई साथ दिँदै आएका पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत, रमेश लेखक, ज्ञानेन्द्र कार्कीमध्येबाट एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारमा सहभागी हुन इच्छुक थिए । डा.महत असफल पूर्व अर्थमन्त्री हुन् । उनीले जहाँ नेतृत्व लिए पनि सफल हुँदैनन् । कारबाहीबाट जोगिए पनि टेरामक्स प्रकरणको ३ अर्ब ८५ करोड काण्डमा जोडिएका ज्ञानेन्द्र कार्की र मोहन बस्नेत वर्तमान सरकारमा सहभागी हुने अवस्था भएन । कांग्रेसबाट मन्त्रीको आश गरेका शंकर भण्डारी, जितजंग बस्नेत, प्रतिमा गौतम, देवेन्द्र कँडेल, रामनाथ अधिकारी जस्ता अनुहारहरुलाई मन्त्री बनाउनु पर्छ भन्ने मत छ । तर कँडेल र भण्डारी स्व.खुमबहादुरका दूत अधिकारी डा.शेखर गुटका भएकाले कृष्ण सिटोला समूहका पौडेललाई मन्त्री बनाउन महामन्त्री गगन थापाको पनि जोड रहेको अवस्था हो ।

यहाा अर्का महामन्त्री विश्वप्रकाशका कुरा सुनिँदैन । डा.शेखरको योजना सुरुदेखि नै माओवादीलाई एक्ल्याउने थियो । अहिले आफ्ना योजना सफल भएपछि शेखरले पार्टी सत्ताको आकांक्षी नहोस् भन्ने छ । तर संस्थापनले टेरेको छैन । सुझाव दिने काम नहुने जस्ता व्यवहारिक पक्ष कांग्रेसमा चर्का छन् । मन्त्रीका लागि भएको भिडन्त दुवै पार्टीमा चर्काे छ । तर अध्यक्ष एमालेको निर्णायक सभापति कांग्रेसका निर्णायक हुने कुरामा शंका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *