गगनको हुटहुटी कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । पार्टीको कर्तुत लुकाउन अख्तियारमा आयुक्त जयबहादुर चन्द छँदैछन् । संविधान विपरित संसद भंग गरेर संसदीय सुनुवाई बिना भर्ति गरिएका ५२ भाइको मुद्दा सर्वाेच्चको ५४ पन्ने न्यायाधीशहरुले दबाएकै छन् । हिजो प्रतिगमनविरुद्धको सडक यात्राका प्रचण्ड र माधवले किस्तीमा राखेर शेरबहादुर देउवालाई प्रधानमन्त्री दिँदा माओवादी र जसपा मात्र होइन नेकपा एस पनि सहयात्री नै थियो ।

जनताको स्वास्थ्य उपचारका लागि विमा मेरै पालामा लागू गरेको हुँ भन्ने गगन थापालाई १२ करोडको एमआरआई मेशिन १८ करोडमा खरिद गर्दा आरजुलाई भाग कति गयो ? अमित श्रीवास्तवमार्फत स्वास्थ्य क्षेत्रको ४५ अर्ब डुबाउँदा भ्रष्टाचार शून्य थियो ? किनिक प्रचण्डको नेतृत्वको त्यो सरकारमा स्वास्थ्य मन्त्री त आरजुका देव गगन थापा थिए । कुरिलो खेती मौरी पालन बाख्रा र कुखुरा पालन गर्ने नाममा किसानको आहारा खोसेका थिए ।

यिनकै पालामा निर्माण भएको मातृ शिशु भवनमा २ अर्ब १८ करोड खर्च गर्दा २१ करोड सोझै भ्रष्टाचार भएको देखियो । भ्रष्टाचारमा चुर्लुम्म डुब्ने अर्काको कुरा काट्नेले सहकारी ठग रवि लामिछानेलाई हत्कडी लगाउने हैसियत राख्लान् ? किनकि आरजुलाई पटक पटक गरेर बेचन झा, सन्देश शर्माहरुले १६ करोड बुझाएको भिडियो सीआईबीको कब्जामा छ । त्यहाँ एमालेका प्रभु केपी शर्माका पिए राजेश बज्राचार्य पनि छन् । ४५ खर्ब ५४ अर्ब राजस्व गुमायो २ हजारले ३ करोड जनता ठगेका छन् । देशभर भ्रष्टाचारीहरुको चर्चा छ ।

शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल, राजेन्द्र लिङ्देन, उपेन्द्र यादव, राजेन्द्र महतोजस्ता व्यक्तिहरु ठाउँमा पतञ्जली जग्गा काण्डमा जोगिएका निष्ठा र त्यागका व्याख्याकार माधव नेपालसमेत अछुतो रहेनन् । क्यान्सर यिनै भएका छन् । अहिले प्रचण्ड सरकार ढल्नु केपी ओली नेतृत्वमा सरकार बन्नु अनौठो होइन । घात गरेर पार्टीको नेतृत्व लिनेको समृद्धि पनि पानी जहाज, पाइप लाइन, पूर्व–पश्चिम रेल सुशासन र विकास डोकामै दुध दुहेर थेग्न नसके जस्तो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *