भ्रष्टाचारमा मुछिएका पौडेललाई अर्थको चाँबी

राजनीति समाचार

काठमाडौं । बिहानीले दिनको संकेत भनिन्छ । केपी ओली सरकारले सुशासन,स्थायित्व र देश विकासमा काम गर्ला भन्ने अपेक्षा र चाहना क्याविनेटका मन्त्रीहरुको अनुहार हेर्दा पत्याइहाल्ने स्थिति छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिने हात बनेर सरकारमा उपप्रधान तथा अर्थमन्त्री बनेकाछन्, विष्णु पौडेल । उनी एमालेबाट पटक पटक अर्थमन्त्री बन्ने भाग्यमानी हुन । जो बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुछिए । ललिता निवासको ‘आठ आना’ सरकारी जग्गा कीर्ते गरी पौडेलले आफ्ना पुत्र नविन पौडेलको नाममा पारे । यो प्रकरणमा जग्गा फिर्ता गरेर उन्मुक्ति पाए । पचासका दशकसम्म सुकुम्वासी भनिएका विष्णु पौडेल एक दशकमा करोडपति र अर्कौ दशकमा अर्बौको सम्पति थुपारिसकेकको उनलाई चिन्ने र जान्नेहरु बताउँछन् ।

०५२ सालसम्म पौडेल सुकुम्वासी थिए वा रहेछन् । उनले त्यसबेला सुकुम्वासी आयोगमा आफुले दिएको निवेदन र सो अुनसार सुकुम्बासीका नाममा जग्गा प्राप्ती गरेको विवरण सरकारी निकायमा भेट्न पाइन्छ । सो समयमा उनले सुकुम्वासीका नाममा १८ धुर जमिन प्राप्त गरेका बिवरण उनकै गृहजिल्ला रुपन्देहीको मालपोत कार्यालयमा ढड्टा पल्टाउने हो भने भेटिन्छ ।

पौडेलले २०५२ साल असोज १९ गते वुटवलको दीपनगगरको कित्ता नम्वर २९ बाट १५ र कित्तानं ६४ बाट ३ गरी १८ धुर जमिन हात पारेका थिए । अहिले भैसेपाटीमा मात्र पौडेलको करोडौंको बंगला छ । झट्ट हेर्दा यो कुनै उद्योगी वा व्यापारीको झैं लाग्छ । करोडौं माथिको यो बंगलाले प्रश्न उठाउँछ केही वर्ष अघिसम्म सुकुम्बासी रहेका पौडेल कसरी छोटो समयमै अर्वौका मालिक बने ? ललिता निवासमा बालुवाटारको ११३ रोपनी जग्गामध्ये ८ आना जग्गा पौडेलका छोरा नविन पौडेलको नाममा देखियो । सरकारको नाममा आइसकेको जग्गा भुमाफियाले ब्यक्तीको नाममा गर्दै माया प्रजापतिको नाममा पुगेको जग्गाबाट मचाबाबु र मचाबाबुबाट माधवी सुवेदी र उमा ढकालका नाममा पुगेको एक रोपनी २ आना जग्गामध्येबाट नविनको नाममा ८ आना जग्गा पुगेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्यलाई प्रतिवादी बनाए पनि पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा भएको जग्गा सरकारको नाममा फिर्ता गर्न सहमत भएको भनेर प्रतिवादी बनाएन । अर्थात चोरेको समान चोरले सगौरव फिर्ता ग¥र्यो र उ निर्दाेष करार भयो । यस्तै लौहपुरुष गणेशमानका पुत्र प्रकाशमान उपप्रधानसहित ठूलो बजेट खेलाउन पाइने शहरी विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । महाअधिवेशनमा देउवालाई सहयोग गरे वापत उनले काँग्रेसबाट सरकारको नेतृत्व गर्दे मन्त्री बनेका छन् । वालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेल जोडिएझैं नक्सालमा रहेको बालमन्दिरको जग्गा प्रकरणमा जोडिन्छन्,प्रकाशमान । उनकै दिदी रीतालाई सिआइबीले फरारको सूचीमा राखेको छ ।

अर्काे बदनाम अनुहार हुन,शरदसिंह भण्डारी । जो विजय गच्छदारलाई माथ खुवाउने गरी उनी हरेक पटक दल फेरेरै मन्त्री बन्ने नेतामा पर्दछन्,जो २० औं पटक मन्त्री बनेका छन् । म्यानपावरसँग मिलेर उनीहरुको हित हुने काम गर्दै उठाउधन्दा चलाएका भण्डारीले फेरि श्रम मन्त्रालयको साँचो पाएका छन् । उनलाई मर्यादाक्रमको छैटौं स्थानमा राखिएको छ । यस्तै यो सरकार बनाउनेमध्येको प्रमुख पात्र मानिएकी आरजु राणालाई पहिलो पटकमै परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा राणा र मन्जु खाँण जोडिएको अडियो छरपष्ट भएको थियो । त्यस समयमा सिआइबी र प्रहरीले अनुसन्धान अगाडि बढाउँदा उल्टै प्रहरीका हाकिमहरुको सरुवा गरेर छानबिन प्रभावित पारिएका थियो ।

यस्को अलवा टिकापुर जग्गा प्रकरणमा समेत आरजु जोडिदै आएकी छिन् । अर्काे ललिता निवास मानिएको यो प्रकरणमा अख्तियारले आरजु राणा र रेशम चौधरीलाई जोगाएर मुद्धा चलाएको थियो । यस्तै उपेन्द्रलाई छाडेर मन्त्री खाएका प्रदीप यादव स्वास्थ्यमन्त्री हुँदा नै ठेक्कापट्टामा जोडिएर बदनामी कमाएका पात्र हुन । अर्काे बदनाम पात्र छन्,दीपक खड्का । उनलाई मन्त्री बनाउँदा स्वार्थको द्धन्दमात्र होइन विरालोलाई दूधको साक्षी बनाइएको भन्दै अहिले ओली सरकारको आलोचना भइरहेको छ । उनका बदनामी हर्कत लैनचौरमा रहेको रकाउटको जग्गामा जोडिएको छ । अर्काेतिर हाइड्रोको मालिकलाई नै उर्जा मन्त्रालयको जिम्मेवारी दिएको छ । काँग्रेसको सांसद विनोद चौधरीको समेत लगानी रहेको ७.२ मेगावाटको माथिल्लो पिलुवा जलविद्युतमा खड्का मुख्य लगानीकर्ता छन् । त्यस्तै १२० मेगावाटको रसुवा भोटेकोशीमा पनि उनी लगानीकर्ता हुन् ।

९० प्रतिशत चिनियाँलाई बिक्री गरे पनि उनको १० प्रतिशत लगानी छ । सुशील कोइराला प्रधानमन्त्री भएको बखत उनले रसुवा भोटेकोशीको लाइसेन्स फुत्काएका थिए । त्यतिबेला ऊर्जामन्त्री एमालेकी राधा ज्ञवाली थिइन् । यसरी एक पछि अर्काे विवादित र बदनाम पात्रलाई बोकेर केपी ओलीका क्याविनेट बिस्तार भएको छ । तिनको कार्यशैली,कार्यसम्पादन हेर्न बाँकी नै भए पनि सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री हेर्दा खुट्टी देख्दै चाल पाइयो भन्नेहरु छन् ।
०००

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *