बिचौलियाको आगनमा राजनीतिक सम्झौता

राजनीति समाचार

काठमाडौं । सरकार देशको आवश्यकता अनुसार बन्छ ? वा व्यापारीहरुको इन्ट्रेस्ट अनुसार ?केही प्रसङ्गहरु हेरौं त । सरकार गठन हुने,भत्कने,पार्टी एकीकरण हुनेदेखि फुटाउने मिटिङ्ग किन नेताको घरमा हुँदैन । यस्ता बैठकहरु किन कुनै उद्योगी-व्यापारी-विचौलिया वा कर्मचारीको बङ्गलामा चल्छ ?

जस्तो
प्रसङ्ग १ ः नेपाल धितोपत्र वोर्डको अध्यक्षमा विचौलिया दीपक भट्टले सन्तोष श्रेष्ठलाई नियुक्त गर्न खोजे तर सफल भएनन् । यो प्रकरणले दीपक भट्टको असफलतासँगै प्रचण्ड सरकार ढल्यो । एमाले माओवादी गठबन्धन भत्किएर काँग्रेस एमाले एक हुनुमा दीपक भट्टको ठूलो हात छ भन्नेहरु धेरै भेटिएका छन् ।

प्रसङ्ग २ ः बानेश्वरको पाठशाला स्कुल नजिकै छ सेतो रङको साढे ४ तले बङ्गला । झा नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १४ गते मात्र पक्राउ परे । उनलाई भारतीय प्रहरीले नेपाललाई बुझाएको थियो । अघिल्लो दिन उनी पक्राउ परे,भोलिपल्टै ओली निवासमा देउवा र आरजुले दिन घण्टा दहि चिउरा खाए र त्यसको तीन दिनपछि प्रचण्ड सरकार अल्पमतमा प¥र्यो र १० दिनपछि प्रचण्ड सत्ताबाट खुमलटार फर्किए । प्रचण्ड सरकार ढाल्ने तिनै विचौलिया बेचन हुन भन्नेहरु पनि भेटिन्छन् ।

प्रसङ्ग तीन ः केपी ओलीले धोखा दिए पछि धेरै पटक कर्मचारी ट्रेड युनियनका अध्यक्ष तथा कुनै समय माधव नेपालका खास मानिएका कर्मचारी नेता भोला पोखरेलको वानेश्वरस्थित बङ्गलामा धेरै पटक प्रचण्ड र माधव नेपालबीच वान टु वान वार्ता भएको छ ।
प्रसङ्ग चार ः वर्तमान सरकार परिवर्तन हुनु अघि व्यापारीहरु हिमालयन शमशेर राणा,विनोद चौधरीदेखि अन्नपूर्ण पोष्टका मालिक रामेश्वर थापाको घरमा ओली र देउवाका साथै उनका दूतहरुले पटक पटक वार्ता गरे र सहमतिका बुँदाहरु बनाएका छन् ।

यसरी नेताहरुले सत्ता बनाउने,भत्काउने,मन्त्री क कस्लाई बनाउने जस्ता निर्णयहरु समेत पार्टी कार्यालय,आफ्नै बङ्गलामा होइन कि व्यापारीहरु तथा विचौलियाहरुलाई साक्षी राखेर तिनकै घरमा गर्दै आएका छन् ।

यस अघि पनि नेतारुले वार्ताका लागि कहिले दुर्गा प्रसाई ‘मार्सी’,प्रचण्डका घरपेटी शारदा अधिकारीदेखि पूर्व उद्योगमन्त्री हुँदै केपी ओलीका सल्लाहकारसमेत बनेका मोतीलाल दुगडका घरमा दर्जनौं पटक बैठक बसेको उदाहरण छ । सत्ता गठन र विघटनको तारताम्य मिलाउन माओवादी, कांग्रेस–एमाले,मधेशवादी नेताहरूले निःसंकोच व्यापारी थापाको घर रोज्दै आएका छन् । उनीहरुलाई साक्षी राखेर वार्ता गर्ने गरेका उदाहरण छ ।

रामेश्वर थापा तिनै व्यापारी हुन जो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारणस्थल बनाउन करिब ९० बिघा जमिन किन्दा भएको घोटालामा मुछिएका समेत थिए । यस्तै २०७४ सालको चुनावी गठबन्धनपछि सत्ताहुँदै पार्टी एकीकरणको प्रयत्नसम्म एमाले–माओवादीका शीर्ष नेता बैठकका लागि ठेकेदार र व्यापारीका घर चहारेका थिए ।

यस्का अलवा चन्द्रागिरि हिल्स, शैलुङ इन्टरप्राइजेज नामको निर्माण कम्पनीका मालिक शारदाप्रसाद अधिकारी,एनसेलका लगानीकर्ता निरजगोविन्द श्रेष्ठदेख प्रचण्डको पार्टीको अघोषित कोषाध्यक्ष अजेय सुमार्गीको बानेश्वरस्थित घरमा पनि थुप्रै राजनीतिक बैठकहरू भएका छन् ।

यी नै नेताहरु पछि सरकार र सत्तामा पुगेपछि तिनै व्यापारीहरुलाई पोस्ने र राज्यलाई चुस्ने तथा तन्नम बनाउने गरी दर्जनौ नीति नियमहरु बनेका,संशोधन भएको दर्जनौं उदाहरणहरु भेटिन्छ ।
यसरी व्यापारी, विचौलियाहरुको घरमा नीति नियम बनाउने,सरकार बनाउने र ढाल्ने भए पछि उनीहरुकै स्वार्थसिद्धि हुने गरी नेताहरुले काम गर्ने नै भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *