सरकार परिवर्तनसँगै कर्मचारी रुवाको चर्चा

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि दुई दल निकट कर्मचारीहरु उत्साहित भएका छन् । कर्मचारीहरुको संख्या पनि एमाले र कांग्रेस निकट नै बढी छन् । अन्य दल निकट कर्मचारीहरुको संगठन भए तापनि संख्या कम छ ।

दुई ठूला दल निकट कर्मचारीहरु एक ठाउँमा उभिने भएपछि अन्य दल निकट कर्मचारीहरु आवाजबिहीन हुने अवस्था बन्दै गएको छ । नयाँ सरकार बनेसँगै साउनदेखि असोजसम्ममा कर्मचारी सरुवा गर्नुपर्ने सिजन हो । कांग्रेस र एमाले निकट कर्मचारीहरुले मालदार ठाउँमा जानको लागि चलखेल गर्न थालेका छन् । तत्कालीन सरकारले सरुवा गरेका कर्मचारीको ठाउँमा कांग्रेस र एमाले निकट कर्मचारी जान तरखर गरिराखेका छन् । खास गरी भन्सार विभाग, भन्सार कार्यालय, कर कार्यालय, आन्तरिक राजश्व विभाग, राजश्व अनुसन्धान विभाग, यातायात कार्यालय, उद्योग विभाग, कम्पनी रजिष्ट्रार कार्यालय, अध्यागमन कार्यालय, एयरपोर्ट भन्सार र देशैभरका भन्सार कार्यालयहरुमा जानको लागि भित्रभित्रै चलखेल गर्न थालेका छन् ।

देशैभर सिडियो भएर जानको लागि गृह मन्त्रालयमा कर्मचारीहरुको आवतजावत बढ्न थालेको छ । सरकार परिवर्तन भएसँगै कर्मचारी सरुवाको सिजन सुरु भएकाले कर्मचारीहरु मालदार ठाउँमा सरुवा हुन लाग्ने नै भए । उता, मन्त्रीहरुले आ–आफ्ना मन्त्रालयमा आफू फेबरका सचिव सरुवा गर्न भित्री इच्छा देखाउन थालेका छन् । एमाले र कांग्रेसका मन्त्रीले सचिवहरुको पनि खोजी गर्न थालिसकेका छन् । तत्कालीन सरकारले पाँच पटक गरेर सचिव सरुवा गरेको थियो । तर, सरुवामा नपर्ने सचिव भूमि तथा गरिवी निवारण मन्त्रालयका गोकर्णमणि दुवाडी र खानेपानी सरसफाइ मन्त्रालयका सुरेश आचार्य थिए । अब बनेको नयाँ सरकारले दुवाडी र आचार्यलाई यथावतै राख्छ कि अन्य मन्त्रालयमा सरुवा गर्छन् त्यो निश्चित भइसकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *