नवगठित सरकारमा यस्ता छन् पाँच मन्त्रीको चर्तिकला

राजनीति समाचार

काठमाडौं । तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी काण्डमा छानविन गर्नुपर्ने आवाज उठाउँदै आएको नेपाली कांग्रेसले गृहमन्त्रालय सम्हालिइरहँदा कसरी काम अगाडि बढाउँछ, त्यो एकिन छैन । कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकले सहकारी ठगी काण्डलाई मात्रै उजागर गर्छ कि गिरीबन्दु टि स्टेटको जग्गा, कैलाली टिकापुरको जग्गा, बालमन्दिरको जग्गा, बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा र नक्कली भुटानी शरणार्थी काण्डलाई कसरी हेर्छन् त्यो प्रतिक्षाको विषय बनेको छ । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको सरकारका मन्त्रीहरुमा केही विवादित व्यक्तिहरु छन् । नेपाली कांग्रेसबाट उर्जा तथा सिंचाईमन्त्री बनेका दीपक खड्का जलविद्युत आयोजनाका संस्थापक सेयर धनी हुन् ।

उनी उर्जामन्त्री बन्नुभनेको हाइड्रो पावर कम्पनीलाई प्रोत्साहन गर्नु हो । तर, मन्त्री खड्काले उर्जा र सिंचाई क्षेत्रलाई राम्रो गर्नेभन्दा पनि उर्जा क्षेत्रमा आफू अनुकूल नीतिनियम बनाउन लागि पर्ने देखिन्छ । त्यसैगरी एमालेबाट बलराम अधिकारी दोस्रो पटक भूमि सहकारी तथा गरिवी निवारण मन्त्री बनेका छन् । अधिकारी पहिला सोही मन्त्रालयको मन्त्री हुँदा सचिव गोकर्णमणि दुवाडीसँग मिलेर मालपोत अधिकृत र नापीका सवेक्षकलाई मालदार ठाउँमा सरुवा गरेर आर्थिक लाभ राम्रैसँग उठाएका थिए । अहिले फेरि भूमि, सहकारी तथा गरिवी निवारण मन्त्री बनेका छन् । मन्त्री अधिकारीले आगामी भदौ असोजमा हुने कर्मचारी सरुवामा कति आतंक मच्चाउने हुन् त्यो एकिन छैन । उता, एमालेबाटै दोहो¥याएर उद्योगी वाणिज्य तथा आपूर्तिमन्त्री बनेका दामोदर भण्डारीले यसअघि सोही मन्त्रालयको मन्त्री हुँदा उद्योगी र व्यापारीबाट राम्रो आम्दानी गरेको आरोप उनीमाथि थियो । फेरि सोही मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उनै भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्तिको जिम्मा दिएका छन् ।

भण्डारीले आगामी भदौ, असोजमा हुने कर्मचारी सरुवादेखि उदोग दर्ता र खारेजीमा कति लाभ लिने हुन् त्यसको लेखाजोखा छैन । त्यसैगरी नेपालकै इतिहासमा २० औं पटक मन्त्री बन्न सफल भएका सरद सिंह भण्डारी फेरि श्रम तथा रोजगार मन्त्रालय सम्हाल्न पुगेका छन् । मन्त्री भण्डारीको बेलामौकामा तुरुप फाल्ने र चर्चा कमाउने बानी नै छ । भण्डारी यसअघि श्रम तथा रोजगारमन्त्री हुँदा १७२ वटा देशमा नेपाली कामदार पठाउन श्रम स्वीकृती खुलाएर चर्चाको शिखरमा पुगेका थिए । भण्डारीले त्यतिबेला चर्चा मात्रै कमाएनन्, वैदेशिक रोजगार बोर्डको पैसामा आफ्नो सहयोगी लिएर विदेश घुमिरहँदा मन्त्री पद नै खुस्किएको थियो ।

‘घुमीफिरी रुम्जाटार’ भनेझैं भण्डारी फेरि श्रम तथा वैदेशिक रोजगारमन्त्री सम्हाल्न पुगेका छन्, अब उनले के÷कस्ता नयाँ फन्डा ल्याउने हुन् त्यो हेर्न बाँकी नै छ । उता, नेपाली कांग्रेसबाट परराष्ट्रमन्त्री बनेकी नेतृ डा. आरजु राणा देउवा नक्कली भुटानी शरणार्थीदेखि टिकापुर जग्गा काण्डहुदै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा विवादित व्यक्ति हुन् । उनै विवादित पात्रलाई कांग्रेस–एमाले सरकारले परराष्ट्रजस्तो महत्वपूर्ण जिम्मेवारी दिएको छ । मन्त्री राणा देउवाले परराष्ट्र क्षेत्रमा राम्रो काम गरेर नेपालको शीर उच्चो बनाउँछिन् कि फेरि पहिलाको जस्तै हर्कत गरेर विवादमा तानिन्छिन् निश्चित छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *