दधिकोट शहरी खानेपानीमा कृष्णहरि खड्का

राजनीति समाचार

काठमाडौं । भक्तपुरस्थित दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले निर्वाचनमार्फत गत असार २९ गते नयाँ कार्यमिति चयन गरेको छ । समितिको निर्वाचनमा नेपाली कांग्रेसका श्रीकृष्ण विष्ट र एमालेका कृष्णहरि खड्काबीच प्रतिस्पर्धा हुँदा मूल उपभोक्ता समितिको अध्यक्षमा एमालेतर्फबाट खड्का विजयी भएका छन् । अध्यक्ष कृष्णहरि खड्काले गठबन्धनका उम्मेदवार श्रीकृष्ण विष्टलाई ५ सयभन्दा बढी मतान्तरले पराजित गरेका छन् । कृष्णहरि खड्का २०७९ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष उठ्ने तरखरमा थिए ।

तर, नेकपा एमालेले टिकट नदिएपछि उनी एमालेमै रहेर पार्टी संगठनको कामसँगै समाजसेवामार्फत स्थानीय वासीको काम गर्दै आएका थिए । गरीव र निमुखाहरुलाई समस्या पर्दा सधैं अग्र पंत्तिमा रहेर सहयोग गर्दै आएका व्यक्ति हुन् कृष्णहरि खड्का । त्यसकारणले उनी दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको अध्यक्षमा जित हासिल गर्न सफल भएका हुन् । अध्यक्ष खड्काले आगामी दिनमा दधिकोटवासीलाई खानेपानीको व्यवस्थापन कसरी मिलाउँछन् र पानीको स्रोत कहाँकहाँबाट खोजेर व्यवस्थापन गर्छन् त्यो प्रतिक्षाको विषय बनेको छ ।

खड्का उपभोक्ता समितिको अध्यक्ष बनिरहँदा खानेपानीको लागि स्रोत, साधनको व्यवस्थापन गर्नुपर्ने, खानेपानीको स्रोत खोज्नुपर्ने, मर्मत, संभार र पानीको स्रोत उत्खनन् गर्नुपर्ने लगायतका थुप्रै चुनौती उनी मासु खडा भएको छ । त्यसैगरी खड्काकै प्यानलबाट उपाध्यक्षमा बासुदेव बस्नेत, सचिवमा राजनप्रसाद प्रजापति र सहसचिव धर्मेन्द्र श्रेष्ठ विजयी भएका छन् ।

त्योसँगै ठबन्धनको तर्फबाट कोषाध्यक्षमा भरत खड्का, महिला उपाध्यक्षमा मन्दिरा घिमिरेलगायत निर्वाचित भएका छन् । तर्खल शाखा संयोजकमा गठबन्धनको तर्फबाट ३ र एमालेबाट २ जना विजयी भएका छन् । त्यसैगरी दक्षिणबाराहीमा एमाले प्यानलै विजयी भएको छ । अनन्तलिंगेश्वरमा गठबन्धनको तर्फबाट प्यानलनै विजयी भएको छ । उता सिकारीटारमा एमालेको प्यानल विजयी भएको छ । एमाले र गठबन्धनबाट मिश्रीत रुपमा विजयी भएका कार्यसमितिले आगामी दिनमा दधिकोटवासीलाई खानेपानीको व्यवस्थापन कसरी गर्दछन् त्यो हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *