सरकार परिवर्तनसँग मन्त्री क्वाटर र अफिस साजसज्जामा अर्बौ स्वाहा !

राजनीति समाचार

काठमाडौं । छ÷छ महिनामा सरकार फेरबदल भइरहँदा देश ओरालोतिर लागिरहेको छ । राजनीतिक दलका नेताहरुको मन्त्री बन्ने, बनाउनेमा होडवाजी गरिराखेका छन् । तत्कालीन पाँचदलीय गठबन्धन सरकार बनेको पाँच महिना नपुग्दै फेरि दुई ठूला दलमिलेर नयाँ सरकार गठन भएको छ । सरकार गठन मात्रै भएको छैन, मन्त्रालयमा नयाँ मन्त्रीको फोटो झुन्ड्याउने, मन्त्री क्वाटर सरसफाइ, साजसज्जा, सोफा, पर्दा, कार्पेट, कुर्सी र सचिवालयका कर्मचार फेर्न भ्याइनभ्याइ भइरहेको छ ।

संघमा मात्रै नभएर प्रदेशमा पनि ठूला दलकै सरकार बन्ने भएपछि पहिलाका मन्त्रीहरु स्वतहः परिवर्तन हुने निश्चित छ । प्रदेश सरकार गठनसँगै मन्त्री क्वाटर सरसफाइ, साजसज्जा, सोफा, पर्दा, कार्पेट, कुर्सी र सचिवालयका कर्मचार फेर्न त्यत्तिकै खर्च बढेर जाने गरेको छ । त्योसँगै मन्त्रीका स्वकीय सचिव, सहयोगी, प्रेस सल्लाहकार र राजनीतिक सल्लाहकारहरुले मन्त्रालयहरु भरिभराउ हुने गरेका छन् । मन्त्री फेरिएसँगै संघ र प्रदेश दुवै तहका मन्त्रालयहरुका यातायातका साधन, मर्मत सम्भार र इन्धनमा त्यत्तिकै फजुल खर्च हुने गरेको छ ।

राज्य महंगी, भ्रष्टाचार र अनियमितताले जर्जर भइरहँदा राज्यका सम्बन्धित निकायहरु भने त्यसको सुधार गर्नुको सट्टा उल्टै उनीहरुसँगै मिलमतो गरेर कमिसनमा लिप्त हुने गरेका छन् । मन्त्रालयदेखि मन्त्री क्वाटरसम्मको सरसफाइ, साजसज्जा र मर्मत सम्भारमा त्यत्तिकै फजुल खर्च हुँर्दै आएको छ । जतिपटक सरकार फेरिन्छ त्यतिनै पटक प्रधानमन्त्री कार्यालयदेखि मन्त्री क्वार्टर हुँदै मन्त्रालयमा नयाँ साजसज्जा र संरचना तयार गर्नुपर्ने परिपाटीले गर्दा राज्यले ठूलो आर्थिक भार बहन गर्नुपरेको छ ।

पाँचदलीय गठबन्धन सरकार पाँच महिना पुरा नहुँदै ढल्यो भने ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा बनेको सरकार कहिलेसम्म टिक्छ र के के नयाँ काम गर्छ भन्ने एकिन छैन । यसपालिको मन्त्रिमण्डल विस्तारलाई हेर्दा अनुभवी र दक्ष व्यक्तिलाई अवसर दिएको देखिन्छ । जनताको अपेक्षा र दुई ठूला दलका नेताहरुले भने अनुसार राम्रो काम गरेर अगाढि बढ्छ कि पहिलाका मन्त्रीहरुले जस्तै आफु, आफन्त र आसेपासेको दुनो सोझ्याउने काम गरेर कमाउ धन्दातिर लिप्त हुन्छन् त्यो हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *