सेयर बिचौलियाको सारथी पौडल अर्थमन्त्री

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । शेयर बजारका बिचौलियाहरुले नेकपाका अर्थ मन्त्रीहरुमध्ये एमालेका विष्णु पौडेललाई मन पराउँदा रहेछन् । डा.युवराज खतिवडाजस्ता जनहित विरोधीलाई एमाले अध्यक्ष एवं प्रम केपी ओलीले मन पराउनुको कारण राधिका शाक्यको राष्ट्र बैंकको जागिरका बेला खतिवडा केपीकै कृपामा गभर्नर हुनु हो । खतिवडा अग्रवाल परिवारका मान्छे हुन् । तर विष्णु पौडेललाई ठूला व्यापारिक घरानाले पत्याउँदैन । अर्थमन्त्री बन्दा डा.खतिवडाले बिगारेको आर्थिक स्रोत परिचालनमा सुधार गरेका हुन् । अहिले उनै अर्थमन्त्री छन् । पौडेलले अर्थमन्त्रीका कार्यभार सम्हाल्न नपाउँदै सेयर बढेको छ ।

सेयर बजारमा देखिएको यो लहर कम्युनिष्ट पार्टीको सिद्धान्त र नीति विपरीत होइन । किनकी नेकपा प्रगतिशील अर्थ नीतिको पक्षधर हो । कम्युनिष्ट पार्टीले शासन गर्दा जनताको सेवकको रुपमा देखिनुपर्छ वितरण प्रणाली सरल बनाउनु नेकपाको अर्थनीति हो । सेयर बजारमा देखिएको उतारचढावबाट हरेक पटक विवाद पर्छ । अहिले नेकपा एमालेका नेताहरु हर्ष बढाइँ गर्दैछन् । तर सरकारले जनताका पक्षमा काम गर्न सकेको छैन । मन्त्रीहरु स्वागत बधाई तथा शुभकामना व्यस्त छन् । अहिले सरकारलाई साथ दिनेहरुका लागि मन्त्री पद भाग पुगेन । प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिए । १८८ जनाले विश्वासको मत दिएका थिए । सेयर बजार बढेको कारण त्यही हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *