डा.शेखरको हड्डी हाँस्यो ?

राजनीति समाचार

काठमाडौं । पार्टीमा बराबर भाग खोज्ने तर ८८ सांसदमध्ये २५ भन्दा नदेखिँदा कांग्रेसका वरिष्ठ नेता डा.शेखर यसपटक खुसी छन् । किनकि उनलाई माओवादी देशको शासक भएको रिस थियो । चुनावमा शेखरले माओवादीकै साथ पाउँदैन थिए भने एमालेका नाट्य सम्राट साइकल सांसद लालबाबु पण्डितले मोरङमै थन्को लगाउँथे । गुन नभएको मान्छे र नुन नभएको तरकारी उस्तै हो । एमालेका केपी ओली र कांग्रेसका डा.शेखर एउटै कोटीका हुन् । अहिले यी दुईको मिलनले उग्र रुप लिँदा कांग्रेसमा डा.शेखर समूहले गोटा गन्दा २ मन्त्रीमा चित्त बुझाएको छ ।

त्यो समूहबाट बद्री पाण्डे पर्यटन रामनाथ अधिकारी कृषि मन्त्री भएका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेल अर्का वरिष्ठ नेता कृष्ण सिटौलाका हुन् भने उनलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको मन्त्री बनाउन जोड थियो । त्यसमा राष्ट्रपति पौडेलको भागमा तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री डा.शशांकको कोटामा उर्जामन्त्री भए दीपक खड्का । कांग्रेस संस्थापनबाट डा.आरजु राणा परराष्ट्र, प्रकाशमान शहरी विकास, रमेश लेखक गृह, अजय चौरासिया कानून मन्त्री भएका छन् । संख्याको गणनामा ९ मन्त्री कांग्रेसको भएतापनि राष्ट्रपतिदेखि डा.शशांक सिटौलासम्म भाग लगाउँदा संस्थापनले पाएको मन्त्री चारजना हुन् ।

काम गर्न कांग्रेस सरकारमा गएकै होइन । डा.आरजुमाथि लागेको नक्कली भुटानी शरणार्थी, टेरामक्स, स्वास्थ्य उपकरण खरिद सरकारी जमिन कब्जा स्काउट जग्गा भाडाजस्ता कुरामा कारबाहीबाट बच्ने दाउ थियो । त्यो सफल बनाउन प्रचण्ड सरकारबाट सम्भव थिएन । एमालेसँग मिल्दा नक्कली भुटानी शरणार्थी, जलारी काण्ड, गिरीबन्धु टी स्टेट, नेपाल ट्रष्ट जग्गा काण्ड दबाउन सहज त हुन्छ नै राजनीति स्वच्छता र नीतिका कुरा गर्ने र डा.शेखरको इच्छा, समृद्धि र विकास भएन । यिनका मन्त्रीले कृषि र पर्यटनमा कस्तो पौरख देखाउँछन् धेरै कुर्नैपर्दैन । किनकि पर्यटन अन्तर्गतको वायुसेवा निगम ध्वस्त बनाउने यिनै शेखरको काकाकी छोरी सुजाता अहिले पनि सांसद छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *