भूमि काण्डमा मुछिए पाँच मन्त्री

राजनीति समाचार

काठमाडौं । भ्रष्टाचार र बेथितिको अन्त नहुने तर ठुलठुला लुटको फाइल दबाउने मुल उद्देश्यको साथ बनेको ओली सरकारका प्रधानमन्त्रीसमेत ५ मन्त्रीका काण्ड चर्चामा छ । प्रम ओली आफै झापाको गिरीबन्धु काण्डका नायक हुन् भने डा.आरजु राणा टिकापुर जग्गा काण्डकी मुख्य व्यक्ति हुन् । बालमन्दिरको जग्गा काण्डसँग प्रकाशमानको बहिनी रिता सिंह वैद्यलगायत एक दर्जन छन् । जग्गा काण्ड त नेपाल स्काउटसँग जोडिएका दीपक खड्काको पनि छ । उनी सिंचाई उर्जामन्त्री हुन् । यी चार पत्रको चरित्रले देशको यथार्थ छर्लंग हुँदैछ । कांग्रेस एमाले गठबन्धन पूर्ण छ ।

भ्रष्टाचारमा जोडिएका खानेपानी मन्त्री प्रदीप यादव चर्चामा छन् । ललिता निवास प्रकरणसँग जोडिएका विष्णु पौडेल अर्थमन्त्री भएका छन् । विष्णु पौडेलले २÷४ शेयर ब्रोकर तथा व्यापारीको हितमा काम गरेकै कारण अहिले सेयर बजार उकालो लागेको छ । पौडेल एमाले उपाध्यक्ष हुन् । देशको प्रधानमन्त्री उपप्रधान मन्त्रीहरु उर्जा मन्त्री र परराष्ट्रमन्त्री भूमि सम्बन्धी विवादमा छ । मुलुकतर्फभन्दा व्यक्ति स्वार्थमा केन्द्रित वर्तमान गठबन्धन भएको हो ।

मुखले विकृति, विसंगतिविरुद्ध लागेको भन्ने तर राज्यको स्रोतमाथि दोहन गर्ने शक्ति एमाले र कांग्रेस हुन् । सरकार परिवर्तन भ्रष्टाचार विरुद्धको अभियान बन्नुपथ्र्याे । तर भूमि कब्जा गर्ने माफियाहरु बिचमा एकता हुन्छ । एमालेको ओली सरकारमा भुटानी शरणार्थी, सुन काण्ड, गिरीबन्धु, जलारी ओम्नी काण्डहरुमा सरिक छ । आफु सत्तामा पुगेर आफ्नै विरुद्ध चलेका छानबिन रोक्नु यो सरकारको मुल उद्देश्य भएको कुरालाई लुकाउन सकिँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *