कांग्रसनिकट कर्मचारी युनियनमा भाँडभैलो

राजनीति समाचार

काठमाडौं । एमाले र कांग्रेसको सरकार बनेपछि एमाले कर्मचारी संगठन र कांग्रेस निकट कर्मचारी युनियनबीच को शक्तिशाली भन्ने होडवाजी सुरु हुन थालेको छ । यही साउन महिनादेखि लिएर भदौ, असोज अन्तिमसम्ममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा गर्ने समय हो । तर, नेकपा एमालेबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका राजकुमार गुप्ता नयाँ मन्त्री भएको कारण निजामती कर्मचारी युनियनका नेता र एमाले निकट कर्मचारी नेताहरुले कर्मचारी सरुवामा खेल्न थालेका छन् ।

कर्मचारीहरुले पनि यिनै नेतालाई प्रयोग गरेर सरुवाको लभिङ सुरु गर्न थालेका छन् । उतातिर गएर अस्थायी, करार र ज्यालादारीमा राखिएका कर्मचारीहरु जागिर खाने कि नखाने भनेर दोधारमा परेका छन् । किन कि ज्यालादारी र करारमा राखिएका कर्मचारीहरुले तलब खान पाएका थिएनन् भने आर्थिक वर्षको साउन महिना लागेपछि त्यस्ता कर्मचारीहरुलाई न त राज्यले बजेट छुट्याएको छ न त कामबाट हटाएको छ । त्यसकारणले अस्थायी र ज्यालादारी कर्मचारीहरु दोधारमा परेका छन् । उता, नेपाली कांग्रेस निकट कर्मचारी संगठनका नेता गोपाल पोखरेलको जागिरे अवधि सकिनै लाग्दा सरकारी खर्चमा तीर्थ यात्राको लागि भारत भ्रमणमा निस्किएका छन् ।

सो भ्रमणमा परिवारसहित २० दिनको लागि भारत भ्रमणमा गएका छन् । पोखरेलले आफ्नो अध्यक्षको कार्यभार उपाध्यक्ष उत्तम कटवाललाई दिएका छन् । उत्तम कटवालले उपाध्यक्षको हैसियतले अध्यक्षको कार्यभार सम्हालेपछि कर्मचारीहरु सरुवाको लागि उत्तम कटुवालको घर र शक्तिकेन्द्र धाउन थालेका छन् । कटुवालको कार्यालय खोप उत्पादन केन्द्र त्रिपुरेशवरमा रहेको छ । उपाध्यक्ष कटुवाल पनि आफ्नो कार्यालयमा नबसेर कर्मचारी संगठन बनाउन देश दौडाहामा हिडिरहेका छन् । उनी कर्मचारीहरुका नेता भएपछि नत कार्यालयको काम गर्नुपरेको छ नत सेवाग्राहीलाई सेवा दिन नै सकेका छन् । कटुवाल कर्मचारी नेताको नाममा देश दौडाह हिडेर संगठन बनाउने भन्दै आयआर्जनको बाटोमा लाग्ने गरेका छन् ।

एकातिर कर्मचारी नेताहरुको यो चाल छ भने अन्य कर्मचारीहरु मालदार अड्डाहरुमा जानको लागि न्वारनदेखिको बल निकालेर शक्तिकेन्द्र धाउन थालेका छन् । त्यसैगरी कांग्रेस निकट कर्मचारी युनियनमा सचिव, कोषाध्यक्ष, उपाध्यक्ष, सहसचि, महिला उपाध्यक्ष र अन्य महिला कर्मचारीहरु सरुवाको लागि कर्मचारी युनियनका नेताहरुलाई हारगुहार गरिरहेका छन् । सरकारको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले यस्ता कर्मचारीहरुलाई कसरी चलायमान बनाउँछन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभन्दा केहि समय अगाडी प्रतिनिधिसभामा संम्बोन्धन गर्दाखेरी नेपालीहरु गरिबीको रेखामुनि पिल्सिरहेका छन्, भ्रष्टाचारले सिमा नाघेको छ, नेपालीहरु विदेशिनेक्रम जारी छ त्यसलाई नियन्त्रण गर्नुपर्छ भनेर सम्बोन्धन गरेका थिए । प्रधानमन्त्री ओलीले सम्वोधन गरेको कुरा पुरा गर्छन् कि गर्दैनन् त्यो प्रतिक्षाको विषय बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *