मन्त्री यादवले गरे, खानेपानी विभागको महानिर्देशकमा चलखेल

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले हप्तादिन पार नगर्दै भटाभट कर्मचारी सरुवा गर्न थालेको छ । नेपाली कांग्रेस, एमाले र अशोक राईको पार्टीबाट मन्त्री बनेकाहरुले आ–आफ्नो मन्त्रालय अन्तर्गतका महानिर्देशक आयोजना प्रमुखहरु सरुवा गर्ने खेलोफड्को थालेका छन् । यस्ता आयोजनाका महानिर्देशक र आयोजना प्रमुखहरु कहाँ पुग्ने हुन् कुनै निश्चित छैन ।

आयोजना प्रमुख, महानिर्देशक परिवर्तन गर्दा ठूलै धनराशीको चलखेल हुने गर्दछ । त्यसकारणले पनि सरकार परिवर्तन भएर नयाँ मन्त्री आउनेबित्तिकै पहिला मालदार ठाउँका कर्मचारीहरुलाई हटाउने र नयाँ नियुक्ति गर्ने परम्परा नयाँ होइन । त्यसको उदाहरण लिन सकिन्छ अशोक राईको पार्टीबाट खानेपानी तथा सरफाईमन्त्री बनेका प्रदीप यादवलाई । मन्त्री यादवले आफू मन्त्री भएको हप्तादिन पुरा नहुँदै खानेपानी विभागका महानिर्देशक कमल श्रेष्ठलाई हटाएर रामकुमार श्रेष्ठलाई विभागको महानिर्देशक बनाएका छन् ।

अब कुन कुन आयोजनाका महानिर्देशकहरु परिवर्तन गर्ने हुन् हेर्न बाँकी छ । योसँगै मेलम्चि खानेपानी आयोजना, उपत्यका खानेपानी लिटिडे र साना शहरी खानेपानी आयोजनाका महानिर्देशकहरु पनि छिट्टै परिवर्तन हुने सम्भावना रहेको छ । मन्त्री यादवले खानेपानीको समस्यादेखि विकास निर्माणको कामलाई अगाडि बढाएर लैजानुपर्नेमा उल्टै भइराखेका महानिर्देशकहरु सरुवा गरेर तमासा देखाएका छन् ।

भरखरै नियुक्त भएका नयाँ मन्त्रीहरुले पहिलादेखि काम गरेका दक्ष र अनुभवी कर्मचारीसँग समन्वय गरेर सम्बन्धित क्षेत्रको काम अगाडि बढाउनुपर्नेमा त्यो नगरी पुराना कर्मचारी हटाएर नयाँ ल्याउनु भनेको संस्थालाई धरासायी बनाउनु हो । त्यस्तै काम गरेका छन् नवनियुक्ति मन्त्री प्रदीप यावदले । यादव मन्त्री भएको हप्ता दिन नपुग्दै खानेपानी जस्तो सम्वेदनशील क्षेत्रका महानिर्देशक परिवर्तन गरेर कमिसनको खेलोफड्को गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *