सशस्त्र र नेपाल प्रहरीको भावी आईजीपी को ?

राजनीति समाचार

काठमाडौं । कुरा चर्का गर्ने सबैतिर हात हाल्ने सफलता कतै हात नलाग्ने बरु आफै सहकारी ठगीमा डुबेका रवि लामिछानेको योजना सफल भएन । अहिले प्रहरीका बसन्त कुँवर सशस्त्रका राजु अर्याल आईजीपी पदमा रहने थिएनन्, कुँवर आईजीपीको तहमा इन्टरपोल बैठकमा सहभागी हुँदै गर्दा आईजीपलाई हटाउन लामिछानेले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षसँग परामर्श गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री प्रचण्ड र सरकारका सुप्रिमो केपी ओलीबाट समर्थन भएन । रवि हच्किए, उनका सेवक बनेका प्रहरीको सीआईबीका एआईजी श्याम ज्ञवाली सशस्त्र सीमा विभाग प्रमुख एआईजी नारायण दत्त पौडेलको सपना चकनाचुर भयो । आफ्नै पदावधि ४ वर्षबाट घटाएर ३ वर्ष बनाउन ऐन बनाएर गृहमा पठाएका आईजीपी राजु अर्यालले यो डिजाइनमा चासो दिएनन् । तर नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरको रक्षाकवच एआईजी दीपक थापा र टेकप्रसाद राई खडा थिए । उनीहरु प्रधानमन्त्री र केपी ओली सामु पुगेर रवि र एआईजीद्वयको योजना तुहाउन सफल भए । अर्याल डेढ वर्ष कुँवर ८ महिना आईजीपी पदमा रहँदै छन् । सशस्त्रमा अर्यालपछि नारायण दत्त पौडेल प्रहरीमा कुँवरपछि दीपक थापा आईजीपी बन्दैछन् ।

ज्ञवाली रविभक्त बनेर आगामी चुनावमा रास्वपालाई सघाउन तयार थिए । उनी भदौमा घर जाँदैछन् । एआईजीबाट हटेपछि अख्तियार आयुक्त हुने उनको दाउ थियो । यहाँ भिम ढकाल उपत्यका आउन निकै जोड गरेका हुन् । तर गृह प¥यो कांग्रेसको भागमा ढकाल परे नेकपा एमाले । मंसिरमा अवकाश पाउने ढकाल एउटा मोर्चामा खट्न चाहेका थिए । उनी पनि श्यामकै सारथी बनेर दौडधुपमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *