एमालेले सरकारमा गठबन्धन गर्ने, जनवर्गीय संगठनसँग नगर्ने

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एउटा सर्कुलर जारी गरेको बुझिएको छ । एमालेले सरकार गठबन्धन र राजनीतिक नियुक्ति बाहेक पार्टीको जनवर्गीय संगठनभित्र गठबन्धन नगरी खुल्ला प्रतिस्पर्धाको आधारमा नेता चयन गर्ने रणनीति अपनाएको छ । त्यसको उदाहरण लिन सकिन्छ हुँदै गरेको टानको निर्वाचनलाई । टानको निर्वाचनमा एमालेले राजेश सापकोटालाई अध्यक्षको लागि अगाडि सारेको छ भने एमालेबाटै अर्का दामोदर ढकालले दाबी गरेका छन् । त्यसैगरी एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले पत्रकार महासंघको अध्यक्ष दाबी गरिरहेको छ । तत्कालीन गठबन्धन सरकारमा सामेल ६ वटा वाम घटकले प्रेस चौतारीलाई अध्यक्ष दिने सहमति गरेको थियो ।

सरकार परिवर्तन भएपछि ती ६ वटा वामघटकहरु तितरवितर भएका छन् । तत्कालीन गठबन्धनको बेला प्रेस चौतारीको सचिवालयले गणेश बस्नेतलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । तर, एमाले पार्टीको कार्यदलले गणेश बस्नेलाई नभएर निर्मला शर्मालाई अध्यक्ष बनाउने सहमति गरेको थियो । तर, त्यो गठबन्धन टुटेपछि नेपाल प्रेस युनियन र प्रेस चौधरीको गठबन्धन बन्ने हल्ला छ । प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन बनेको खण्डमा ठूलो संगठनको हैसियतले प्रेस युनियनले अध्यक्ष दावी गरेको छ । तर, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले निर्मला शर्मालाई पहिला नै अगाडि सारेकाले महासंघको अध्यक्ष चौतारीले नछोड्ने जिकिर गरेका छन् । तर, प्रेस युनियनले ठूलो संगठन भएको कारणले बरु गठबन्धन नगर्ने तर अध्यक्ष नछोड्ने दावी गरिरहेको छ । उता, चौतारीका अध्यक्ष गणेश बस्नेत हाल प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएको भनिन्छ । त्यसको आधिकारिक बाहिर आएको छैन ।

अब कांग्रेस र एमालेले अन्य जनवर्गीय र सुभेच्छुक संघसंगठनहरुमा गठबन्धन गरेर जान्छन् कि एक्लाएक्लै भिड्छन् त्यो हेर्न बाँकी छ । कांग्रेसले पनि भातृ, मातृ तथा शुभेच्छुक संघसंस्थाहरु चलायमान बनाउन सकेको छैन । एमालेले पनि जनवर्गीय संगठनहरुलाई चुस्तदुरुस्त बनाउन सकेको छैन । अब नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा प्रेस युनियन र प्रेस चौतारी दुवैले अध्यक्ष दावी गरिरहँदा एउटाले छोड्र गठबन्धन गरेर जान्छन् कि छुट्टाछुट्ट चुनावमा भिड्छन् त्यो निश्चित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *