बद्मासी बाहिर आएपछि मुख लुकाउँदै यी अधिकृत

राजनीति समाचार

काठमाडौं । एक जना चोर अधिकृतले उपसचिवमा नाम निकालेसँगै अहिले हलचल मच्चिएको छ । र बीचमै परीक्षा हापेसँगै अहिले चर्चामा छन्,ती कर्मचारी । लोकसेवा सम्बन्धी दर्जनौ पुस्तक प्रकाशन गरेर स्वघोषित विज्ञले उपसचिवमा नाम निकाले, पछि उनका बदमासी बाहिर आयो र लाजले उपसचिवको परीक्षामा सामेल हुन सकेनन् ।

उनी हुन, रामप्रसाद जोशी । जसले हालैमात्र लोकसेवाको लिखित परीक्षामा पिछडिएको क्षेत्रबाट उपसचिवमा नाम निकालेका छन् । तर जसै उनले उपसचिवमानाम निकाले अनि ११ बर्ष अगाडिको घटना अहिले सार्वजनिक भएको छ । उनी जिल्ला,उच्च र सर्वाेच्च अदालतबाट चोरीमा दोषी ठहर भएका कर्मचारी हुन । उनै जोशीले लोकसेवा आयोगले असार २ गते निकालेको लिखित परीक्षाको नतिजामा जोशी पिछडिएको क्षेत्रबाट नाम निकाल्न सफल भएका हुन । जोशी एक दशक अगाडि सामाजिक सुरक्षा भत्ता चोरीमा मुछिएर तिनै तहका अदालतबाट दोषी ठहर भएका कर्मचारी हुन ।

यो प्रकरणमा तत्कालीन गाविस सचिव जोशी, साप्पाटा गाविसका सचिव कमान सिंह कुँवर, बाँधु गाविसका सचिव दिलबहादुर बुढा, रुगीन गाविसका सचिव सरोजकुमार झा र बिच्छिया गाविसका सचिव गणेशराज जैशी मुछिएका थिए । उनले सामाजिक सुरक्षा भत्ता वापत २१ लाख २२ हजार ४ सय रुपैयाँको एउटा झोला र १८ लाख ३० हजार रुपैयाँ पैसा रहेको झोला बोकेर गायब भएका थिए । पछि यो प्रकरणमा प्रहरीले उनैलाई मुख्य प्रतिवादी ठहर गर्दै जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत बाजुरामा चोरी मुद्दा दर्ता गर्छ । जिल्ला अदालतले जोशीले चोरी गरेको ठहर गर्छ ।

पुनरावेदन (उच्च)ले पनि जिल्लाकै फैसला सदर गर्छ । अनि सर्वोच्च पुगेका जोशी चोर नै भएको प्रमाणित हुन्छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको इजलासले जिल्ला र उच्चको फैसला सदर गर्दै जोशीलाई १ महिना कैद र ३८ हजार जरिवाना हुने ठहर ग-यो । २०७० सालमा चोरी गरेको घटनामा २०७४ सालमा आएको मुलुकी अपराध संहितालाई देखाएर सर्वोच्च अदालतले चोर जोशीलाई जरिवाना भने स्वाट्टै घटाइदिएको छ ।

त्यसैबीच जोशीले राजस्व अधिकृत बनेर जागिर सुरु गर्छन् । अर्थ मन्त्रालय आएर ८९ औं दिनमा हाजिर धस्क्याउछँन् । यही शिलशिला जारी रहँदै गर्दा चोर जोशी लेखाको उपसचिवमा नाम निकाल्छन् । अन्तर्वार्ता दिने बेला आएपछि भने सबै भेद खुल्छ र उनले अन्तर्वार्ता नै हापिदिएसँगै अहिले कर्मचारी वृत्तमा यो बिषयले चर्चा पाउने गरेको छ । बाजुरा जिल्ला अदालत, तत्कालीन पुनरावेदन अदालत, दिपायल (हाल उच्च) र सर्वोच्च अदालत समेत चोरी मुद्दामा १ महिना कैद सजाय हुने ठहर भएका जोशी हाल राजस्वका अधिकृतको भूमिकामा छन् । राजस्वका अधिकृत रहेका चोर जोशी हाजिर गरेर टाप ठोक्ने काम (हाटा) गर्ने कर्मचारीमा पर्दछन् । उनी अर्थ मन्त्रालयमा ८९ दिन आए हाजिर गरेर जागिर मात्र बचाउने काम गरिरहेको छन् ।

निजामती कानुनमा ९० दिनसम्म गएल भएमा जागिर जाने व्यवस्था छ । उक्त व्यवस्थालाई मध्यनजर गर्दै राजस्व अधिकृत चोर जोशी ८९ औं दिन अर्थ मन्त्रालय पुगेर हाजिर गर्दै आएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । अर्थ मन्त्रालयको वेबसाइटमा उनको नाम नदेखिए पनि प्रशासन कक्षमा गएर सुटुक्क हाजिर लगाएर फूल टाइम लोक सेवा नै पढाइरहेको छन् । उनले काठमाडौंको चर्चित इन्सिच्युट नेमको सेडेपका साथै ओटिसमा लोकसेवाकै अनलाइन कक्षा चलाइरहेका छन । यतिमात्र होइन उनका आधा दर्जन बढी लोकसेवा तयारी कक्षासम्बन्धी पुस्तक समेत सार्वजनिक गरेका छन् । यस्ता चोर अधिकृतले लेखेका पुस्तक पढेर परीक्षार्थीले कस्तो ज्ञान पाउलान ? प्रश्नको बिषय हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *