एआईजी सामु स्वार्थ समूह

राजनीति समाचार

काठमाडौं । प्रहरीको चालचालन हरेक हाकिम एक वर्ष बिताएपछि ठाउँ परिवर्तन हुन्छ । नेपाल प्रहरीका एआजीहरु सरुवा हुने समयमा स्वार्थ समूहसँग भेटघाट गर्ने लहर चलेको छ । उपत्यका प्रहरी एआईजी दीपक थापा, कार्य विभागका भिम ढकाल, प्रशासनका टेकप्रसाद राई, अपराधका टेकबहादुर तामाङको कार्यकक्ष बेलुकीको समयमा स्वार्थ समूहको भिडले भरिभराउ हुन्छ । संगठन भित्रका निरीक्षक, डिएसपी, एसपी, एसएसपीहरु आफ्नो सरुवाका लागि हाकिमको चाकडीमा जानु स्वभाविक ठानिएका तर राजनीतिक शक्तिका अगाडि प्रहरी ऐन कमजोर पर्ने गर्दछ ।

रमेश लेखक गृहमन्त्री भएपनि प्रहरीको सरुवामा बुढानिलकण्ठ हावी हुने गर्छ । यसपटक पनि त्यो भएको छ । डा.आरजु राणालाई दाजु बाबुराम कुँवरमार्फत ब्रिफकेश बुझाएर १२औं नम्बरको एसएसपीबाट पहिलो नम्बरको डिआईजी भएर छोटै समयमा एआईजी साता नबित्दै आईजीपी भएका बसन्त कुँवरले आरजुलाई प्रहरी भित्रको वातावरण बताएर सुनुवाई हुँदैन । किनकि बालकृष्ण खाँड गृहमन्त्री हुँदा सबै काम आरजुको इशारामा चल्थ्यो । आज उनकै इशारामा दुई अपराधी भगाइएका छन् । अहिले आरजु राणा परराष्ट्रमन्त्री छिन् ।

नेपाल प्रहरीले एक वर्षे कार्ययोजना ल्याउन बाँकी छ । गत वर्ष भएका र गरेका काम गत साता प्रवक्ता दानबहादुर कार्की सार्वजनिक गरेका छन् । अब संगठनमा २६ हजार दरबन्दी आवश्यक भएको प्रहरी बताउँछ । तर ४ हजार दरबन्दी नै खाली रहँदा सक्रियता आवश्यक जनशक्तिका आधारमा भएको छैन । नेपाल प्रहरीको साइबर ब्यूरो र मानव बेचबिखन ब्यूरोको कार्यक्षेत्र अनुसारको प्राविधिक जनशक्ति उपलब्ध छैन । समयअनुसार अपराधको नयाँ श्रृंखला बढेका छन् । राजनीति संलग्न जनताका कारण निर्मला पन्त बलात्कारपछिको हत्यामा सहभागी भएकालाई प्रहरीले समात्न सकेन । जुन काण्डमा सेनाका हाकिम प्रहरीका हाकिम समेत सहभागी थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले यस्ता अपराधमा सहभागी माथि कारबाही गर्ने चासो दिँदैनन् । एमालेभित्र महिला पिडक केन्द्रीय सदस्यहरु आधा दर्जन छन् । ती सबैले बाको नाता लगाएर बचेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *